0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    युवा उमेरको धुम्रपान हुनसक्छ घातक, सन्तानमा समेत पर्न सक्छ स्थायी असर

    एक नयाँ अध्ययनले देखाएअनुसार कम उमेरमा धुम्रपान सुरु गर्ने पुरुषका छोराछोरीको जैविक उमेर समेत छिटो बढ्छ।

    यदि बुबाले कलिलो उमेरमा धुम्रपान सुरु गरेका थिए भने उनीहरूका सन्तान छिटो बुढो हुने एक नयाँ अध्ययनले देखाएको छ।

    नर्वेको बर्गन विश्वविद्यालयको अनुसन्धानले यो गम्भीर र स्थायी असरबारे खुलासा गरेको हो।

    अध्ययन अनुसार सानैमा धुम्रपान गर्ने बुबाका सन्तानको जैविक उमेर उनीहरुको वास्तविक उमेर भन्दा औसतमा ९ देखि १२ महिना बढी पाइयो। यसको अर्थ उनीहरुको शरीर उमेरभन्दा छिटो बुढो भइरहेको हुन्छ।

    यो निष्कर्ष निकाल्न अनुसन्धानकर्ताहरूले संसारभरका विभिन्न पुस्ताका मानिसहरूको रगतको नमुना विश्लेषण गरेका थिए।

    यसको उद्देश्य कलिलो उमेरमा सुरु गरिएको धुम्रपानले भावी पुस्ताको स्वास्थ्य र आयुमा कस्तो असर गर्छ भनेर पत्ता लगाउनु थियो। यो अध्ययनबारे नर्वेको सरकारी संचार NRK ले रिपोर्ट गरेको छ।

    महिलाहरूको हकमा भने यो नियम लागू हुँदैन। किनभने महिलाहरूको डिम्ब जन्मँदै लगभग पूर्ण रूपमा विकसित भइसकेका हुन्छन्।

    अनुसन्धानले देखाएअनुसार किशोरावस्थामा केटाहरूको शुक्रकीट कोशिकाहरू परिवर्तनप्रति धेरै नै संवेदनशील हुन्छन्। यही बेला पिएको चुरोटले शुक्रकीटमा स्थायी क्षति पुर्‍याउँछ, जसले गर्दा शुक्रकीटको गुणस्तर सधैंका लागि घट्छ।

    महिलाहरूको हकमा भने यो नियम लागू हुँदैन। किनभने महिलाहरूको डिम्ब जन्मँदै लगभग पूर्ण रूपमा विकसित भइसकेका हुन्छन्, त्यसैले धुम्रपानले उनीहरूको प्रजनन कोषिकामा यसरी असर गर्दैन।

    अध्ययनले खैनी वा ई-सिगरेट बारे अनुसन्धान गरेको थिएन। तर अनुसन्धानकर्ताहरूले यी पदार्थहरूले पनि किशोरावस्थामा शुक्रकीटमा उस्तै नकारात्मक असर पार्न सक्ने विश्वास लिएका छन्।

    धूम्रपानले पुरुष प्रजनन स्वास्थ्यमा अनेक तरिकाले नकरात्मक असर गर्ने पछिल्ला अनुसन्धानले देखाएका छन्। शुक्रकिटको संख्या, गुणस्तर, गतिशीलता र DNA/epigenetic संरचनामा असर पर्ने प्रमाणहरू बलियो देखिएका छन्।

    पितृको धूम्रपानले सन्तानमा पनि प्रभाव पार्न सक्ने सम्भावना पछिल्लो अनुसन्धानले देखाउन थालेका छन्। प्रजनन क्षमता सुधार्न र सन्तानको दीर्घकालीन स्वास्थ्यका लागि धूम्रपान छोड्नु नै उत्तम हुने देखिन्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप