0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्की एयरपोर्टमा हडताल जारी, सोमबारका ११० उडान रद्द 

    श्रमिक संघको चार घण्टे हडतालका कारण १४,००० यात्रु प्रभावित हुने।

    .संक्षेपमा.


    • फिनएयरले सोमबारका लागि तय भएका ११० उडान रद्द गर्ने।
    • हडतालले ग्राउन्ड ह्यान्डलिङ र क्याटरिङ सेवामा समेत असर गर्ने।
    • प्रभावित यात्रुहरूलाई वैकल्पिक उडान वा रिफन्डको व्यवस्था।

    फिनल्यान्डको राष्ट्रिय विमान सेवा फिनएयरले श्रमिक संघको चार घण्टे हडतालका कारण सोमबार करिब ११० उडान रद्द गर्ने भएको छ। फिनिश एभिएसन युनियन (IAU) ले एभिएसन सेवाको सामूहिक सम्झौता नवीकरणको सन्दर्भमा मध्यस्थकर्ताको प्रस्ताव अस्वीकार गरेपछि हडतालको घोषणा गरेको हो।

    हेलसिन्की विमानस्थलमा विभिन्न सिफ्टमा हुने हडतालका कारण ग्राउन्ड ह्यान्डलिङ र खानपान सेवा समेत प्रभावित हुने एयरलाइन्सले जनाएको छ। यस निर्णयबाट करिब १४,००० यात्रुहरू प्रभावित हुने अनुमान गरिएको छ।

    विगत केही महिनादेखि फिनएयर श्रमिक आन्दोलनबाट प्रभावित हुँदै आएको छ। हडतालकै कारण मे १६ मा ६० उडान, मे ५ मा १०० उडान, मे २ मा १४० उडान र मार्च २७ मा ७० उडान रद्द गर्नु परेको थियो।

    एयरलाइन्सले रद्द भएका उडानका यात्रुहरूलाई वैकल्पिक मार्ग प्रदान गर्ने वा टिकट रकम फिर्ता लिन सक्ने व्यवस्था मिलाएको छ। प्रभावित यात्रुहरूलाई क्यान्सिलेसनको जानकारी दिइने र त्यसपछि वैकल्पिक उडानको प्रस्ताव गरिने कम्पनीले जनाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप