0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    गर्भवती आमाको मदिरा सेवनको मूल्य: फिनल्यान्डमा हरेक वर्ष ६०० बच्चामा जन्मजात समस्या

    गर्भावस्थामा सेवन गरिएको मदिरा रगतको माध्यमबाट सिधै गर्भमा रहेको शिशुसम्म पुग्छ र अनेकौँ क्षति पुर्‍याउँछ।

    .संक्षेपमा.


    • हरेक वर्ष सयौँ शिशुहरू मदिराका कारण स्थायी स्वास्थ्य क्षतिसहित जन्मिन्छन्।
    • सामाजिक लाज र पहिचानको कठिनाइले गर्दा समस्या जटिल।
    • गर्भावस्थामा मदिराको कुनै सुरक्षित मात्रा नहुने विज्ञहरूको सुझाव।

    फिनल्यान्डमा हरेक वर्ष लगभग ६०० बालबालिका आमाले गर्भावस्थामा मदिरा सेवन गरेका कारण जन्मजात शारीरिक वा मानसिक असक्षमतासहित जन्मिने गरेका छन्। यो तथ्य फिनल्यान्डको राष्ट्रिय स्वास्थ्य तथा कल्याण संस्थान (THL) ले बाहिर ल्याएको हो।

    राष्ट्रिय स्वास्थ्य तथा कल्याण संस्थान (THL) की प्रमुख चिकित्सक मार्गारिटा हाक्किनेनका अनुसार गर्भमा रहेको शिशुको लागि सबै प्रकारका नशालु पदार्थमध्ये मदिरा सबैभन्दा हानिकारक हो। यति हुँदाहुँदै पनि यो विषयमा खुलेर कुरा गर्न र आवश्यक परेकाहरूलाई पहिचान गर्न भने निकै कठिन छ।

    स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार ‍समस्याका पछाडि धेरै कारणहरू छन्। पहिलो, फिनल्यान्डको समाजमा मदिरा सेवनलाई सामान्य मानिन्छ, जसले गर्दा यसको जोखिमबारे खुलेर कुरा गर्न अप्ठ्यारो हुन्छ।

    दोस्रो, अत्यधिक सेवन गर्नेहरू मात्र नभई थोरै वा मध्यम मात्रामा मदिरा पिउने गर्भवती महिलाहरूलाई उनीहरूको बाहिरी जीवनशैली सामान्य देखिने हुँदा पहिचान गर्न गाह्रो हुन्छ।

    धेरै महिलाहरू लाज वा आफ्नो बच्चालाई आफूबाट अलग गरिने हो कि भन्ने डरले स्वास्थ्यकर्मीहरूसँग आफ्नो रक्सि खाने बानीको विषयमा कुरा गर्न डराउँछन्।

    धेरै महिलाहरू लाज वा आफ्नो बच्चालाई आफूबाट अलग गरिने हो कि भन्ने डरले स्वास्थ्यकर्मीहरूसँग आफ्नो रक्सि खाने बानीको विषयमा कुरा गर्न डराउँछन्।

    स्वास्थ्य क्लिनिक ‘नेउभोला’ मा समेत यससम्बन्धी सोधिने प्रश्नहरूलाई केवल एक औपचारिकताको रूपमा मात्र लिइन्छ, जसले गर्दा गर्भवती महिलालाई आफ्नो समस्या बताउन झनै गाह्रो हुन्छ।

    गर्भवतीलाई मदिरा सेवन किन हानिकारक छ?

    गर्भावस्थामा सेवन गरिएको मदिरा रगतको माध्यमबाट सिधै गर्भमा रहेको शिशुसम्म पुग्छ। यसले शिशुको शारीरिक वृद्धि रोक्न सक्छ, मुटु, मिर्गौला जस्ता अंगहरूमा विकृति ल्याउन सक्छ।

    आमाले सेवन गरेको मदिराले बच्चाको केन्द्रीय स्नायु प्रणाली र मस्तिष्कको विकासमा स्थायी क्षति पुर्‍याउन सक्छ। गर्भावस्थामा मदिरा सेवनको कुनै ‘सुरक्षित मात्रा’ नभएको र थोरै मात्राले पनि शिशुलाई हानि पुऱ्याउने कुरामा विज्ञहरू स्पष्ट छन् ।

    यो समस्या गम्भीर भए पनि समाधानका लागि सहयोग भने उपलब्ध छ। आफ्नो त्यस्तो बानी छ भने ‘नेउभोला’ पहिलो सम्पर्क बिन्दु हो। त्यहाँ आफ्नो कुरा नढाटी भन्नुपर्ने विज्ञको सुझाव छ। नेउभोलाले आवश्यकता अनुसार विशेष सेवाहरूमा पठाउँछ।

    गर्भवती महिला र आमाहरूलाई गोप्य रूपमा नशामुक्त जीवन जिउन र अभिभावकत्वको लागि तयार हुन मद्दत गर्ने फिनल्यान्डमा धेरै संस्थाहरू छन्। यी संस्थाहरूले भावनात्मक सहयोग, परामर्श, र सुरक्षित वातावरणमा बच्चा हुर्काउनका लागि व्यावहारिक सीपहरू सिकाउँछन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप