0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनिश पासपोर्टको म्याद अब दश वर्ष !

    सन् २००६ मा राहदानीको म्याद अवधि दश वर्षबाट घटाएर पाँच वर्षमा झारिएको थियो। अब फेरि दश वर्ष बनाइएको छ।

    संक्षेपमा.


    • पासपोर्टको वैधता अवधि ५ बाट बढेर १० वर्ष हुने।
    • इलेक्ट्रोनिक पासपोर्टको आवेदन शुल्क ५३ युरो।
    • नयाँ नियम कार्यान्वयन हुन कम्तीमा २ वर्ष लाग्ने।

    फिनल्याण्ड सरकारले फिनिश पासपोर्टको अधिकतम मान्यता अवधि पाँच वर्षबाट बढाएर दश वर्ष पुर्‍याउने निर्णय गरेको छ। प्रधानमन्त्री पेत्तेरी ओर्पो नेतृत्वको सरकारको मध्यावधि समीक्षा बैठकपछि यो निर्णय सार्वजनिक गरिएको हो। यद्यपि, सुरक्षासम्बन्धी कारणले आवश्यक परेमा यो अवधिमा अपवादहरू हुन सक्ने पनि जनाइएको छ।

    पासपोर्टको अवधि दश वर्ष पुर्‍याउने प्रस्ताव करिब एक वर्षअघि नै सत्तारुढ दलहरूको संसदीय समूहको एक कार्यदलले गरेको थियो। सन् २००६ पछि अहिलेसम्म फिनल्यान्डमा पाँच वर्षे अवधिको पासपोर्ट प्रचलनमा रहेको थियो।

    सन् २००६ मा पासपोर्टको अवधि दश वर्षबाट घटाएर पाँच वर्षमा झारिएको थियो। त्यतिबेला बायोमेट्रिक पहिचान (अनुहारको तस्बिर र औंठाछाप) राहदानीमा थपिएकाले यस्तो परिवर्तन गरिएको थियो। यो परिवर्तन सन् २००४ मा पारित ईयूको नियमअनुसार गरिएको थियो, जसको पृष्ठभूमिमा सन् २००२ मा अमेरिकामा पारित सीमा तथा भिसा सुरक्षा अभिवृद्धि गर्ने कानुन थियो। सोहि समयमा अस्थायी राहदानी प्राप्त गर्ने सर्तहरू पनि कडा पारिएको थियो भने सामूहिक राहदानीको प्रयोग पनि हटाइएको थियो।

    लगभग दुई दशकको पाँच वर्षे अवधिको अभ्यासपछि फिनल्याण्डले पुनः पासपोर्टको अधिकतम मान्यता अवधि दश वर्ष पुर्‍याएको छ।

    यस वर्षको सुरुदेखि इलेक्ट्रोनिक पासपोर्ट आवेदन शुल्क ९ युरो बढेर ५३ युरो पुगेको छ भने व्यक्तिगत रूपमा प्रहरी कार्यालयमा आवेदन दिँदा भने ५७ युरो तिर्नुपर्छ।

    प्रधानमन्त्री पेत्तेरी ओर्पो सरकारको मध्यावधि समीक्षाका निर्णयहरू बुधबार साँझ सार्वजनिक गरिएका थिए।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप