0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    मिथिला कलाको रङ्गमा सजियो काठमाडौँको फिनिश दूतावास

    जनकपुरका मिथिला कलाकारहरूको कलाले काठमाडौंको विशालनगरमा रहेको फिनल्याण्ड दूतावासको पर्खाल सजिएको छ।

    .संक्षेपमा.


    • फिनल्याण्डको दूतावास र जनकपुरका मिथिला कलाकारहरूबीच कला सहकार्य।
    • दूतावासको पर्खालमा कोरिएको कलाले मिथिला संस्कृति, महिला सशक्तिकरण र नेपाल-फिनल्याण्ड साझेदारीलाई दर्शाउने।
    • ग्रामीण र आर्थिक रूपमा पिछडिएका महिला कलाकारहरूको लागि आयआर्जन र स्वतन्त्रताको महत्त्वपूर्ण माध्यम।

    काठमाडौंस्थित फिनल्याण्डको दूतावासले जनकपुरका मिथिला कलाकारहरूसँगको सहकार्यमा आफ्नो पर्खाललाई जीवन्त कलाकृतिमा रूपान्तरण गरिरहेको छ। विशालनगरस्थित दूतावासको पर्खालमा जनकपुरका कलाकारहरूले मिथिला कलाको परम्परा अनुसार विविध रंग र कथाहरू समेटेर भित्तेचित्र निर्माण गरिरहेका छन्।

    दूतावासले सामाजिक सञ्जालमार्फत यस परियोजनाको प्रगतिबारे जानकारी दिँदै कलाकृतिले नयाँ रौनकता थपिरहेको र कलाकारहरूले मिथिला कलाको समृद्ध परम्परालाई विशालनगरमा ल्याएकोमा उत्साह व्यक्त गरेको छ।

    “हाम्रो पर्खाल बलियो रंग र शक्तिशाली कथाहरूसँगै जीवित हुँदैछ! कलाकृति राम्ररी अघि बढिरहेको छ, र यसले छिमेकलाई कसरी आकार दिन्छ भन्ने हेर्न हामी उत्सुक छौं,” दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

    दूतावासका अनुसार यी महिला कलाकारहरूका लागि मिथिला कला सांस्कृतिक सम्पदा र परम्पराको धरोहर मात्र नभई महत्वपूर्ण आयस्रोत र स्वतन्त्रताको माध्यम पनि हो। ग्रामीण र आर्थिक रूपमा विपन्न पृष्ठभूमिबाट आएका, सीमित शैक्षिक र जीविकोपार्जनका अवसरहरू भएका धेरै महिलाहरूले मिथिला कलामार्फत आफ्नो समुदायलाई नै माथि उठाइरहेका छन्।

    विशेष रूपमा तयार पारिने यो कलाकृतिले फिनल्याण्ड र नेपालबीचको साझेदारीलाई पनि प्रतिबिम्बित गर्ने बताइएको छ। दूतावासले कला निर्माणको प्रगतिलाई सामाजिक सञ्जालमार्फत पछ्याउन सबैलाई आग्रह गरेको छ।

    जनकपुरका मिथिला कलाकारहरूलाई दूतावासको सँगको सहकार्यमा जोड्ने काम जनकपुर क्षेत्रमा महिला सशक्तीकरण र मिथिला कलाको क्षेत्रमा लामो समय देखि काम गरेको जनकपुर महिला विकास केन्द्र (Janakpur Women’s Development Center) ले गरेको हो। 

    यो परियोजनाका अधिकांश कलाकारहरू ग्रामीण र आर्थिक रूपमा पिछडिएका पृष्ठभूमिबाट आएका छन्।

    यो परियोजनाका अधिकांश कलाकारहरू ग्रामीण र आर्थिक रूपमा पिछडिएका पृष्ठभूमिबाट आएका छन्, जहाँ शिक्षा र जीविकोपार्जनका अवसरहरू सीमित छन्। मिथिला कलाको माध्यमबाट यी महिलाहरूले पूरै समुदायलाई माथि उठाउने काम गरिरहेको दुतावासले जनाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप