0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा आज आमाको मुख हेर्ने दिन, यस्तो छ यसको इतिहास

    फिनल्याण्डमा आमाको दिनमा राष्ट्रिय झण्डा फहराइन्छ जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन।

    .संक्षेपमा.


    • फिनल्यान्डमा हरेक मे महिनाको दोस्रो आइतबार आमाको मुख हेर्ने दिन “äitienpäivä” मनाइन्छ
    • आमाहरूलाई फूल, उपहार र विशेष खानाको साथ सम्मान गरिन्छ।
    • नेपाली लगायत अन्य आप्रवासी समुदायले पनि यो परम्परा अनुसरण गरेका छन्।

    फिनल्याण्डमा आज मे महिनाको दोस्रो आइतबार आमाहरूको दिन अर्थात् äitienpäivä आमाहरूप्रति गहिरो सम्मान र प्रेम व्यक्त गर्दै देशभर मनाइँदैछ। यो फिनिस संस्कृतिमा आमाको भूमिका, त्याग, योगदान र महत्त्वलाई कदर गर्ने एक महत्वपूर्ण दिन हो।

    आज छोराछोरीले आफ्नी आमालाई बिहानै ओछ्यानमै विहानको ब्रेकफास्ट तयार पारेर खुवाउने, हातले बनाएका कार्डहरू तथा उपहारहरू दिने र विशेषगरी वसन्त ऋतुमा फुल्ने सेतो ‘भाल्कोभुओक्को’ नामको फूल दिने चलन छ। यो दिन फिनल्याण्डमा आधिकारिक रूपमा राष्ट्रिय झण्डा पनि फहराइन्छ, जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन।

    फिनल्याण्डमा आमाहरूको दिन पारिवारिक जमघट गर्ने र आमालाई विशेष महसुस गराउने दिन हो। आज धेरै परिवारहरूले घरमै विशेष परिकारहरू बनाउँछन् वा रेस्टुरेन्टमा सँगै खाना खान जान्छन्। आमाहरूलाई मात्र नभई हजुरआमाहरूलाई पनि विशेष सम्मान दिइन्छ। बालबालिकाहरूले विद्यालय तथा शिशु स्याहार केन्द्रहरूमा आमाको लागि विभिन्न कलाकृति र उपहारहरू बनाउँछन्।

    आजै फिनल्याण्डका राष्ट्रपतिद्वारा केही विशेष आमाहरूलाई उनीहरूको योगदानको कदर गर्दै ‘अर्डर अफ द व्हाइट रोज अफ फिनल्याण्ड’ (Suomen Valkoisen Ruusun ritarikunnan mitali) पदकद्वारा सम्मानित पनि गरिन्छ।

    यस्तो छ इतिहास

    फिनल्याण्डमा आमाहरूको दिन मनाउने परम्पराको सुरुवात फिनल्याण्डले स्वतन्त्रता पाएको एक वर्षपछि सन् १९१८ मा भएको हो। यसको प्रारम्भिक श्रेय शिक्षक तथा सांसद भिल्हो रेइमा (Vilho Reima) लाई जान्छ। उनले अमेरिकी मातृ दिवसबाट प्रभावित भई फिनल्याण्डमा पनि यो दिवस मनाउनुपर्ने प्रस्ताव राखेका थिए। सुरुमा यो दिनलाई मे महिनाको फरक मितिमा मनाउने प्रस्ताव गरिए पनि पछि मे महिनाको दोस्रो आइतबारलाई नै आधिकारिक रूपमा चयन गरियो।

    दोस्रो विश्वयुद्धपछि धेरै फिनिश परिवारहरूले युद्धमा आफ्ना पुरुषहरू गुमाएका थिए र आमाहरूको भूमिका झनै महत्वपूर्ण बन्यो। सन् १९४७ देखि यो दिनलाई आधिकारिक रूपमा झण्डा दिवसको रूपमा मान्यता दिइयो। प्रारम्भिक दिनहरूमा यो दिवसलाई असल नागरिक तयार पार्ने र राष्ट्र निर्माणमा आमाको भूमिकालाई जोड दिने माध्यमको रूपमा हेरिन्थ्यो। मैंनरहेइमिन लास्तेन सुएलु लित्तो नामक बाल कल्याण संगठनले पनि यसलाई प्रवर्द्धन गरेको थियो।

    फिनल्याण्डमा आमाको दिनमा राष्ट्रिय झण्डा फहराइन्छ जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन। साथै यो दिन फिनल्याण्डका धेरै रेस्टुरेन्टहरूको लागि वर्षको सबैभन्दा व्यस्त दिन मानिन्छ।

    आमाको दिन अर्थात् äitienpäivä फिनल्याण्डमा आमाको प्रेम, त्याग र योगदानको सम्मान गर्ने महत्वपूर्ण दिन हो।

    आप्रवासी समुदायले पनि अंगालेको परम्परा

    धेरै आप्रवासी परिवारहरूले पनि यो फिनिश परम्परालाई अंगाल्दै आमाको दिन मनाउने गरेका छन्। उदाहरणका लागि नेपाली समुदायले पनि आमालाई फूल र उपहार दिने गर्छन्। अरबी मूलका परिवारहरूले फिनिश äitienpäivä मनाउँदा आफ्नो परम्परागत मिठाई र खानाहरू पनि समावेश गर्छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप