.संक्षेपमा.
- नोभेम्बर १४ मा हेलसिन्कीको इताकेस्कुसमा निःशुल्क सुगर जाँच गर्न सकिने।
- परीक्षणअघि २ घण्टा खाली पेट बस्नुपर्ने।
- मधुमेह लगायतका अन्य विषयमा स्वास्थ्य परामर्श लिन सकिने।
विश्व मधुमेह दिवसको अवसरमा HEED फिनल्यान्डले हेलसिन्कीको इतिस सपिङ सेन्टर इताकेस्कुसमा निःशुल्क रगतमा चिनीको मात्रा (ब्लड सुगर) परीक्षण गर्ने भएको छ। यो कार्यक्रम नोभेम्बर १४, बिहीबार दिउँसो २ बजेदेखि ५ बजेसम्म चल्नेछ।
HEED फिनल्यान्ड फिनल्यान्डमा बस्ने आप्रवासीहरूको स्वास्थ्य प्रवर्द्धनमा काम गर्ने संस्था हो। मधुमेहबारे विश्वव्यापी रूपमा जनचेतना जगाउने दिनको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो।
निःशुल्क परीक्षण इतिस सपिङ सेन्टरभित्र रहेको फिनकिनो चलचित्र हलको छेउमा हुनेछ।
संस्थाका अनुसार उक्त समयमा रगत परीक्षणका साथै उच्च रक्तचाप र मधुमेहको रोकथाम तथा व्यवस्थापनबारे सांस्कृतिक रूपमा संवेदनशील परामर्श पनि दिइनेछ। यो कार्यक्रम १८ वर्षभन्दा माथिका सबैका लागि निःशुल्क र खुला छ।

निःशुल्क परीक्षण इतिस सपिङ सेन्टरभित्र रहेको फिनकिनो चलचित्र हलको छेउमा हुनेछ।
आयोजकले सही नतिजाका लागि परीक्षणभन्दा २ घण्टा अघिदेखि केही नखान वा नपिउन अनुरोध गरेका छन्।





