0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    अलास्कामा भेटे ट्रम्प र पुटिन, ट्रम्प भन्छन् ‘अबको भेट पुटिन र जेलेन्स्कीबिच’

    अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा युद्धविराम गराउने प्रयास स्वरूप रुसी समकक्षी पुटिनसँग 'अत्यन्तै फलदायी' वार्ता भएको र अब जेलेन्स्की र पुटिनबीच भेटवार्ताको व्यवस्था भइरहेको बताएका छन्।

    .संक्षेपमा.


    • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भेटवार्ता सम्पन्न।
    • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनबीच भेटवार्ताको तयारी भइरहेको ट्रम्पको खुलासा।
    • वार्तालाई ‘फलदायी’ भनिए पनि युक्रेनमा युद्धविरामका लागि कुनै ठोस सम्झौताको विवरण सार्वजनिक गरिएन।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्काको एन्कोरेजमा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा केन्द्रित एक महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

    करिब तीन घण्टा चलेको वार्तापछि दुवै नेताले वार्तालाई ‘रचनात्मक’ र ‘फलदायी’ भनेका छन्, तर कुनै ठोस सम्झौताको घोषणा भने गरिएको छैन।

    भेटपछि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनबीच शिखर वार्ताको तयारी भइरहेको खुलासा गरे। उनले आवश्यक परे आफू पनि उक्त बैठकमा सहभागी हुन सक्ने बताए।

    “जेलेन्स्की र पुटिनको भेटघाटको व्यवस्था मिलाइँदैछ। उनीहरू चाहान्छन् भने त्यसमा म पनि सहभागी हुन सक्छु,” ट्रम्पले भने।

    ट्रम्पले अलास्का वार्तालाई १० मा १० अङ्क दिँदै आफू र पुटिनबीच ‘राम्रो सम्बन्ध’ रहेको बताए। “हामीले धेरै प्रगति गरेका छौँ।” उनले भने।

    भेटवार्तामा नेटो, सुरक्षाका सवाल र क्षेत्रीय नियन्त्रणजस्ता विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

    रुसी राष्ट्रपति पुटिनले वार्ता ‘रचनात्मक र आपसी सम्मानको वातावरणमा’ भएको बताए। उनले केही ‘सम्झौताहरू’ भएको उल्लेख गरे पनि त्यसको विस्तृत विवरण भने खुलाएनन्।

    पुटिनले युक्रेनलाई ‘भ्रातृराष्ट्र’ को संज्ञा त दिए तर द्वन्द्वको ‘मुख्य जड’ लाई भने निर्मूल पार्नुपर्नेमा जोड दिए। पुटिनले सन् २०२२ देखि नै त्यही भाष्य प्रयोग गर्दै आइरहेका छन्।

    तस्बिर सौजन्यः The White House

    भएन युद्धविराम

    कुनै पनि पक्षबाट युद्धविरामको औपचारिक घोषणा नभएकाले वार्ताको ठोस उपलब्धिबारे स्पष्ट हुन सकेको छैन। ट्रम्पले अब युद्धविराम सम्झौतालाई टुङ्गोमा पुर्‍याउने जिम्मा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको काँधमा आएको बताए।

    “अब यो काम फत्ते गर्ने पालो जेलेन्स्कीको हो,” ट्रम्पले भने, “युक्रेनले सहमति जनाउनुपर्छ।”

    ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई दिएको अर्बौँ डलरको सैन्य सहायताप्रति कटाक्ष गर्दै त्यसले युक्रेनलाई सम्झौता गर्न अनिच्छुक बनाउन सक्ने सङ्केत गरे।

    “बाइडेनले क्यान्डी बाँडेजसरी युक्रेनलाई पैसा दिएका थिए,” उनले भने। उनले युद्धविराम प्रक्रियामा युरोपेली राष्ट्रहरूको पनि सहभागिता हुनुपर्नेमा जोड दिए।

    ट्रम्पले अलास्का वार्तालाई १० मा १० अङ्क दिँदै आफू र पुटिनबीच ‘राम्रो सम्बन्ध’ रहेको बताए।

    न्युयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान छन्।

    युक्रेनको ठूलो भू-भाग रूसी नियन्त्रणमा जानुपर्ने, युक्रेनले सेनाको संख्या घटाउनु पर्ने, युक्रेनलाई नेटोमा सहभागी गराउन नहुने र युक्रेनको सरकार परिवर्तन गर्ने।

    यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन्।

    अनुमान गरिएको समयभन्दा छोटो चलेको यो शिखर वार्तामा दुवै नेताले पत्रकारहरूको प्रश्न भने लिएनन्। सायद त्यसैले होला वार्ताका गोप्य पक्षहरू बाहिर आउन पनि सकेनन्।

    अलास्कामा पुटिको भव्य स्वागत भएको थियो। उनलाई ट्रम्पले रातो कार्पेटमा स्वागत गरेका थिए। अमेरिकी लडाकू विमान र बी-२ बमवर्षकले आकाशमा प्रदर्शन गरेक थिए।  

    त्यसपछि दुवै नेता अमेरिकी राष्ट्रपतिको कारमा एउटै सिटमा बसेर सँगै यात्रा गरेका थिए। त्यहाँ उनीहरुले दोभाषे पनि राखेका थिएनन्। यसलाई न्यूयोर्क टाइम्सले दुई महाशक्ति देशहरूका लागि ‘असामान्य दृश्य’ भनेर लेखेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप