0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको जनसंख्या वृद्धि चार शहरी क्षेत्रमा केन्द्रित, अन्य क्षेत्रहरू जनशून्य बन्दै

    फिनल्यान्डको जनसंख्या विकासको यो प्रवृत्तिले देशको भविष्यमा ठूलो चुनौती सिर्जना गर्ने विज्ञहरूको दाबी छ।

    .संक्षेपमा.


    • सन् २०१०-२०२४ को अवधिमा फिनल्यान्डको कुल जनसंख्या २९०,००० ले बढ्यो।
    • १९ मध्ये ७ प्रान्त र ३०९ मध्ये ७३ नगरपालिकामा मात्र जनसंख्या वृद्धि।
    • हेलसिन्की, ताम्पेरे, तुर्कु र औलु क्षेत्रमा १५ वर्षमा ४००,००० ले जनसंख्या बढ्यो।

    फिनल्यान्डको जनसंख्या विकासको नयाँ तथ्यांकले देशको अधिकांश भूभाग जनशून्य हुँदै गएको देखाएको छ। तुर्कु शहरका रणनीतिक निर्देशक डा. टिमो आरोले केहि दिन अगाडि सार्वजनिक गरेको एक नक्सामा देशको अधिकतम भाग रातो रंगमा देखाइएको छ, जसको अर्थ फिनल्याण्डका अधिकांश भागमा जनसंख्या घट्दो क्रममा रहेको छ भन्ने हो।

    फिनल्याण्डको तंथ्याङ्क विभागका अनुसार एस्पो, भान्ता, सिपो, केम्पेले, लुओटो, पिर्क्काला, ताम्पेरे, यार्भेनपा, लेम्पाला र कारिना जस्ता शहरहरूमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ। यी शहरहरू मुख्यतया चार ठूला शहरी क्षेत्रहरूको वरिपरि अवस्थित छन्।

    डा. आरोका अनुसार देशका चार प्रमुख शहरी क्षेत्रहरू – हेलसिन्की, ताम्पेरे, तुर्कु र औलुमा पछिल्लो १५ वर्षमा करिब ४ लाख जनसंख्या थपिएको छ। यो तथ्यांकले फिनल्यान्डमा शहरीकरणको प्रवृत्ति तीव्र गतिमा बढिरहेको देखाउँछ।

    फिनल्यान्डमा सहरीकरण तीव्र गतिमा बढिरहेको छ भने केही क्षेत्रहरू पुरै खाली हुँदै गइरहेका छन्।

    फिनल्यान्डको जनसंख्या विकासको यो प्रवृत्तिले देशको भविष्यमा ठूलो चुनौती सिर्जना गर्ने विज्ञहरूको दाबी छ। एकातिर शहरी क्षेत्रमा जनघनत्व बढ्दै जानेछ भने अर्कोतिर ग्रामीण क्षेत्रहरू भने क्रमशः जनशून्य हुँदै जाने देखिएका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप