0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    अमेरिकाले रोक्यो विद्यार्थी भिसा, हजारौं विद्यार्थीको भविष्य अन्यौलमा

    गत हप्ता विदेशमन्त्री रुबियोले अमेरिकी सिनेटमा बोल्दै ट्रम्पले पदभार सम्हालेयता ‘हजारौं’ भिसा रद्द गरिएको जानकारी गराएका थिए।

    .संक्षेपमा.


    • अर्को सूचना नआएसम्म विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोकियो।
    • ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता ‘हजारौं’ विदेशी विद्यार्थीका भिसा रद्द।
    • भिसा निलम्बन कहिलेसम्म जारी रहन्छ भन्ने अष्पष्ट, दूतावासहरूले केही दिनभित्र नयाँ निर्देशन पाउने अपेक्षा।

    अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूका लागि भिसा जारी गर्ने प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीति अवलम्बन गरेसँगै यो कदम चालिएको हो। यो निर्णयले विश्वभरबाट अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने हजारौं विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएका छन्।

    अमेरिकी विदेश मन्त्रालयले आफ्ना दूतावास तथा वाणिज्य दूतावासहरूलाई अर्को निर्देशन नआएसम्म विदेशी विद्यार्थीहरूलाई भिसा जारी नगर्न पत्राचार गरेको विभिन्न संचार माध्यमहरूले जनाएका छन्। यो निलम्बन कहिलेसम्म जारी रहन्छ भन्ने स्पष्ट छैन, यद्यपि दूतावास र वाणिज्य दूतावासका कर्मचारीहरूले ‘केही दिनभित्र’ यसबारे थप निर्देशन प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र विद्यार्थीहरूमाथि निरन्तर दबाब बढाउँदै लगेको सन्दर्भमा आएको यो पछिल्लो निर्णय अमेरिकामा अध्ययन गर्न इच्छुक विदेशी नागरिकहरूका लागि ठूलो झट्का हो।

    गत साता मात्रै ट्रम्प प्रशासनले प्रतिष्ठित हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न दिइएको अनुमति रद्द गरेको थियो। ह्वाइटहाउसले हार्बर्डमाथि चिनियाँहरूसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाएको थियो। यद्यपि एक संघीय न्यायाधीशले उक्त निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन्।

    मंगलबार अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार अनुसार ट्रम्प प्रशासनले हार्बर्डसँग बाँकी रहेका संघीय सम्झौताहरू पनि चाँडै तोड्ने तयारी गरिरहेको छ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले अमेरिका आउने जो कोहीले पनि यहाँको कानुन बुझ्नुपर्ने र पालना गर्नुपर्ने बताइन्।

    “बसाइँ लामो होस् या छोटो, आपराधिक उद्देश्य नभएको हुनुपर्छ,” उनले भनिन्, “यदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिँदै हुनुहुन्छ भने, सामान्य प्रक्रिया अपनाउनुहोस्, सबै चरणहरू पूरा गर्नुहोस् र थप जाँचको सामना गर्न तयार हुनुहोस्।”

    यो निर्णयले विश्वभरबाट अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने हजारौं विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएका छन्।

    उच्च शिक्षासम्बन्धी ट्रम्प प्रशासनका यी पछिल्ला निर्णयले अमेरिकाभित्र अस्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूको अधिकार र शैक्षिक स्वतन्त्रताको सवालमा गम्भीर संवैधानिक प्रश्नहरू समेत उब्जाएका छन्।

    गत हप्ता विदेशमन्त्री रुबियोले अमेरिकी सिनेटमा बोल्दै २० जनवरीमा ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता ‘हजारौं’ भिसा रद्द गरिएको जानकारी गराएका थिए।

    अमेरिकाबाट प्रकासित हुने नेपयोर्कले जनाए अनुसार भिसा रद्दको मार खेप्नेमा सयौं नेपाली विद्यार्थी समेत छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप