0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा गर्मीसँगै UV विकिरण उच्च, सावधानी नअपनाए हुनसक्छ घातक

    यूभी-इन्डेक्स ३ पुगेपछि नै छाला र आँखालाई जोगाउन सुरु गर्नुपर्ने विज्ञको सुझाव छ।

    फिनल्यान्डमा जारी गर्मीको लहरसँगै पराबैंगनी विकिरण अर्थात् UV रेडियसनको मात्रा बढेकाले सतर्क रहन अनुरोध गरिएको छ। फिनिस मौसम विज्ञान संस्थानका अनुसार तापक्रम २५ देखि ३० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा यूभी-इन्डेक्स ६ को स्तरमा पुग्छ, जसलाई ‘उच्च’ मानिन्छ।

    संस्थानका मौसमविद हेइक्की सिनिसालोका अनुसार उच्च तापक्रम भएका बेला विशेषगरी दिउँसो करिब १ देखि २ बजेको समयमा यूभी विकिरण सबैभन्दा शक्तिशाली हुन्छ।

    सिनिसालोले यूभी-इन्डेक्स ३ पुगेपछि नै छाला र आँखालाई जोगाउन सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

    “साँझपख यूभी-इन्डेक्स घट्दै गए पनि दिउँसो अबेरसम्म सनस्क्रिन, छहारी र शरीर ढाक्ने कपडाको आवश्यकता पर्छ,” उनले भनेका छन्।

    बाहिर यूभी-इन्डेक्स कति छ भनेर आजभोली स्मार्टफोनको मौसम एपबाट सजिलै हेर्न सकिन्छ।

    उच्च यूभी विकिरणका खतराहरू
    सूर्यबाट आउने यूभी विकिरण अदृश्य भए पनि मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। यसको असर तत्काल र दीर्घकालीन दुवै हुन सक्छ:

    • तत्काल असर: छोटो समयमै उच्च यूभी विकिरणको सम्पर्कमा आउँदा छाला रातो हुने, पोल्ने र डढ्ने (सनबर्न) हुन्छ। यसले आँखामा पनि असर गर्छ। आँखा पोल्ने र धमिलो देखिने समस्या हुन सक्छ।
    • दीर्घकालीन असर: लामो समयसम्म यूभी विकिरणको सम्पर्कमा रहँदा छालाको कोषमा क्षति पुग्छ। छाला चाँडै चाउरी पर्ने, दागहरू देखिने र सबैभन्दा खतरनाक छालाको क्यान्सर (मेलानोमा) को जोखिम बढ्छ। यसले आँखाको मोतियाबिन्दुको खतरा पनि बढाउँछ।

    फिनल्यान्डमा बस्ने नेपालीले कसरी जोगिने?
    फिनल्यान्डको गोरो छाला भएका मानिसहरूको तुलनामा नेपालीहरूको छालाको रङ गाढा हुने भएकाले प्राकृतिक रूपमा केही बढी सुरक्षा प्रदान गरे पनि उच्च यूभी विकिरणबाट बच्नु सबैका लागि अत्यावश्यक छ। उच्च यूभी विकिरणबाट बच्न विज्ञहरूले निम्न उपायहरू अपनाउन सुझाव दिएका छन्:


    १. छहारीमा बस्नुहोस्: विशेषगरी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समयमा सकेसम्म घरभित्र वा छहारी भएको ठाउँमा बस्नुहोस्।
    २. शरीर ढाक्ने कपडा लगाउनुहोस्: बाहिर निस्कँदा लामो बाहुला भएको, पातलो र हल्का रङको सुतीको कपडा लगाउनुहोस्। टाउको र अनुहार जोगाउन चौडा घेरा भएको टोपी प्रयोग गर्नुहोस्।
    ३. सनस्क्रिनको प्रयोग गर्नुहोस्: घर बाहिर निस्कनुभन्दा कम्तीमा २० मिनेट अगाडि शरीरको खुला भाग, जस्तै अनुहार, घाँटी र हातमा ३० वा सोभन्दा बढी एसपीएफ (SPF) भएको सनस्क्रिन लगाउनुहोस्। पसिना आउँदा वा पानीमा भिज्दा हरेक दुई घण्टामा पुनः लगाउनुहोस्।
    ४. आँखा जोगाउनुहोस्: यूभी विकिरणबाट बचाउने सनग्लास (चस्मा) को प्रयोग गर्नुहोस्। यसले आँखालाई हानिकारक किरणबाट जोगाउँछ।
    ५. बालबालिकालाई विशेष ध्यान दिनुहोस्: बालबालिकाको छाला अझै संवेदनशील हुने भएकाले उनीहरूलाई घामबाट जोगाउन विशेष ध्यान दिनु आवश्यक छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप