0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डभरि फेरिँदैछ मौसम: चिसो बढ्ने, दक्षिण भागमा पनि पहिलो हिउँको सम्भावना

    फिनल्यान्डको मौसम विज्ञान संस्थानले देशभरि नै जाडो बढ्ने, सडक चिप्लो भएका कारण सवारी चलाउन कठिन हुने र दक्षिण तथा मध्य भागमा पहिलो हिउँ पर्न सक्ने जनाएको छ।

    .संक्षेपमा.


    • देशभरि सडकको अवस्था खराब रहने चेतावनी।
    • दक्षिण र मध्य फिनल्यान्डमा पहिलो हिउँ पर्ने सम्भावना।
    • तापक्रम घट्नुका साथै हिउँ र असिना पनि पर्न सक्ने।

    फिनल्यान्डको मौसम विज्ञान संस्थानले यो सप्ताहन्त देशभरि मौसम चिसो हुने र दक्षिण तथा मध्य भागमा पहिलो हिउँ पर्न सक्ने पूर्वानुमान गरेको छ।

    संस्थानले शुक्रबार अर्थात् आज देशभरि नै ‘पहेँलो चेतावनी’ जारी गर्दै सडकको अवस्था खराब रहने भन्दै सवारी चालकहरूलाई विशेष सचेत गराएको छ।

    पूर्वानुमान अनुसार पश्चिम-उत्तरबाट आउँदै गरेको चिसो हावाले दक्षिणी भागको न्यानो हावालाई प्रतिस्थापन गर्दैछ।

    यसले गर्दा तापक्रम घट्दै जानेछ। उत्तरबाट आउने न्यून चापीय प्रणालीले लगभग पूरै देशमा वर्षा र तीव्र हावा ल्याउनेछ।

    मौसम संस्थानको चेतावनी नक्सामा शुक्रबारका लागि पूरै फिनल्यान्डमा पहेँलो देखिएको छ।

    देशको दक्षिणी र पश्चिमी भागहरूमा सडक चिप्लो हुने चेतावनी मध्यरातदेखि नै सुरु भएको हो।

    शुक्रबार दिउँसोदेखि देशका विभिन्न भागहरूमा हिउँ र असिना ले सवारी आवागमनमा थप असर पार्न सक्नेछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप