0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    बाल्कोनीबाट खसेर हेलसिन्कीमा एक महिलाको मृत्यु, हत्याको आशंकामा पुरुष पक्राउ

    प्रहरीले हेलसिन्कीको हिएतालाहतीमा भएको घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई पक्राउ गरेको छ। बुधवार साँझ एक महिलाको पाँचौँ तलाबाट खसेर ज्यान गएको थियो। सुरुमा दुर्घटना भएको हुनसक्ने भनिए पनि प्रहरीले हत्या भएको शङ्का गर्ने आधार रहेको जनाउँदै अनुसन्धान थालेको हो।  

    .संक्षेपमा.


    • हेलसिन्कीमा महिलाको मृत्यु प्रकरणमा हत्याको आशंकामा एक पुरुष पक्राउ।
    • प्रहरीद्धारा अनुसन्धानको कारण देखाउँदै तत्काल थप जानकारी दिन अस्वीकार।
    • मृतक महिला सोही अपार्टमेन्टमा बस्दै आएकी थिइन्।

    हेलसिन्कीको हिएतालाहतीमा बुधबार साँझ पाँचौं तलाको बाल्कोनीबाट खसेर एक महिलाको मृत्यु भएको घटनामा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

    प्रहरीले अब उक्त घटनालाई हत्याको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ।

    पीडित करिब ५० वर्षकी रहेको र फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE मा काम गर्ने कर्मचारी रहेको फिनिस भाषाको अनलाइन इल्तालेहतीले जनाएको छ।

    “यस घटनामा हत्याको आशंका गर्ने आधार छ, र त्यसैकारण प्रहरीले एकजना पुरुषलाई अपराधको शंकामा पक्राउ गरेको छ,” अनुसन्धान प्रमुख प्रहरी निरीक्षक युहा पिप्पोले एक विज्ञप्तिमा बताएका छन्।

    घटना बुधबार (सेप्टेम्बर १७) साँझ करिब ६ बजे Hietalahdenkatu मा भएको थियो। अनुसन्धानलाई असर नपरोस् भन्नका लागि प्रहरीले हाललाई यस विषयमा थप जानकारी दिन नसक्ने बताएको छ।

    पहिले प्रहरीले घटनालाई दुर्घटना र सम्भावित हत्या दुवै कोणबाट हेरिरहेको बताएको थियो। मृतक महिला सोही अपार्टमेन्टमा बस्दै आएकी थिइन् र उनी बाल्कोनीको फुटेको भागबाट खसेको विश्वास गरिएको छ।

    पीडित एक पुरुषसँग फ्ल्याटमा बस्दै आएकी थिइन् जसको पहिले नै आपराधिक रेकर्ड रहेको फिनिस भाषाका स्थानिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले पक्राउ परेका व्यक्ति उनै हुन् वा होइनन् भन्ने पुष्टि भने गरेको छैन।

    छिमेकीहरूका अनुसार ती पुरुष र महिला करिब छ महिनाअघि मात्रै उक्त भवनमा बसाइँ सरेका थिए। भवन सन् १९५४ मा बनेको थियो र घटनाको एक महिनाअघि मात्र बाल्कोनीको प्राविधिक निरीक्षण गरिएको थियो, जसमा कुनै कमजोरी भेटिएको थिएन।

    प्रहरीले घटना देखेका वा सुनेका व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ। जानकारी र घटनाका विवरणहरू इमेल ([email protected]) मार्फत वा फोन वा व्हाट्सएप (050 562 5433) मार्फत पठाउन सकिनेछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप