.संक्षेपमा.
- Yliopiston Apteekki लाई डेटा संरक्षण नियम उल्लङ्घन गरेकोमा ११ लाख युरो जरिवाना।
- ट्र्याकिङ टूल प्रयोग गरी ग्राहकको औषधि खरिद विवरण गुगल र मेटा जस्ता कम्पनीहरूलाई पठाएको पाइयो।
- Yliopiston Apteekki जरिवानाको निर्णय विरुद्ध अदालतमा अपील गर्ने तयारीमा।
फिनल्याण्डको डेटा संरक्षण ओम्बड्सम्यानको प्रतिबन्ध बोर्डले फार्मेसी चेन Yliopiston Apteekki लाई डेटा संरक्षणमा लापरबाही गरेको भन्दै १.१ मिलियन युरो (अर्थात् ११ लाख युरो) जरिवाना लगाएको छ।
ओम्बड्सम्यानको अनुसन्धानमा पाइए अनुसार युनिभर्सिटी अफ हेलसिन्कीको स्वामित्वमा रहेको फिनल्यान्डको सबैभन्दा ठूलो फार्मेसी फर्मले आफ्नो अनलाइन स्टोरमा कुकीज र अन्य ट्र्याकिङ प्रविधिहरू प्रयोग गरेको थियो।
कुकीज र अन्य ट्र्याकिङ प्रविधिका कारण प्रिस्क्रिप्शन र ओभर-द-काउन्टर औषधि सम्बन्धी लेनदेन डेटा गुगल र मेटा जस्ता कम्पनीहरूमा पठाइएको थियो। यसमा ग्राहकहरूले आफ्नो अनलाइन किनमेल कार्टमा औषधि कहिले थपे वा खरिद बटन कसरी र कतिपटक क्लिक गरे जस्ता जानकारी समावेश थियो।
प्रयोगकर्ताहरूको आईपी ठेगाना र अन्य पहिचान खुल्ने जानकारी पनि सेयर गरिएको थियो। यदि कुनै ग्राहकले ब्राउजिङ गर्दा गुगल वा फेसबुकमा लग इन गरेको भए उनीहरूलाई गुगल वा मेटा (फेसबुकको मूल कम्पनी) द्वारा पहिचान गर्न सकिन्थ्यो।
तुर्कु विश्वविद्यालयका एक पीएचडी शोधकर्ताले सम्पर्क गरेपछि ओम्बड्सम्यानको कार्यालयले Yliopiston Apteekki को अभ्यासका बारेमा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानले मे २०१८ देखि सेप्टेम्बर २०२२ सम्मको अवधिलाई समेटेको थियो।
डेटा संरक्षण निकायका अनुसार फार्मेसी चेनले सेप्टेम्बर २०२२ मा गुगल र मेटाको ट्र्याकिङ प्रविधि प्रयोग गर्न बन्द गरेको बताएको छ।

प्रयोगकर्ताहरूको आईपी ठेगाना र अन्य पहिचान खुल्ने जानकारी पनि सेयर गरिएको थियो।
Yliopiston Apteekki ले यो निर्णयसँग असहमत रहेको र प्रशासनिक अदालतमा अपील गर्ने मनसाय राखेको बताएको छ। त्यसैले जरिवानाको निर्णय अन्तिम भने हैन।





