.संक्षेपमा.
- एस्पोमा डेकेयर नजिकै ३ वर्षीय बच्चाको कार ठक्करबाट मृत्यु।
- दुर्घटनामा कार चालक पीडित बच्चाकै अभिभावक।
- प्रहरीले घटनालाई जानाजानी नभई ‘लापरबाहीले मृत्यु’ भएको मानेको छ।
फिनल्यान्डको एस्पोमा गत अक्टोबर ३१ मा भएको एक कार दुर्घटनामा गम्भीर घाइते ३ वर्षीय बच्चाको मृत्यु भएको छ। प्रहरीले बिहीबार यो दुखद खबरको पुष्टि गरेको हो। मृत्यु हुने बच्चा बालक वा बालिका हुन् भन्ने प्रहरीले खुलाएको छैन।
यो दुर्घटना एस्पोको सुभेला र सुनाको बिचमा रहेको Soukinvuori डेकेयर नजिकैको पार्किङ क्षेत्रमा शुक्रबार बिहानको समयमा भएको थियो।
प्रहरीका अनुसार कार चालक पीडित बच्चाकै अभिभावक थिए र केही समय अघिमात्र डेकेयरमा उनलाई पुर्याउन ल्याएका थिए।
बच्चालाई तत्कालै गम्भीर अवस्थामा अस्पताल लगिएको थियो, तर उनको ज्यान बचाउन सकिएन।
बच्चालाई तत्कालै अस्पताल लगिएको थियो, तर उनको ज्यान बचाउन सकिएन।
घटनालगत्तै चालकले बच्चालाई आफैंले सीपीआर (CPR) दिने प्रयास गरेको प्रहरीले जनाएको छ। अनुसन्धान अनुसार चालक नशामा पनि थिएनन्।
घटना जानाजानी वा नियतबस नभएको प्रहरीको विश्वास छ।
सुरुमा दुर्घटनाको रूपमा हेरिएको यो घटनालाई अहिले लापरवाहीका कारण मृत्युको मुद्दामा परिवर्तन गरिएको छ।
प्रहरीले घटनाको प्राविधिक अनुसन्धान गरिरहेको छ र महत्त्वपूर्ण साक्षीहरूको बयान लिन बाँकी रहेकाले थप विवरण सार्वजनिक गरेको छैन।
घटनास्थलमा स्थानीयहरूले मृतक बालकको सम्झनामा मैनबत्ती बालेर मौन धारण गरेका छन्।





