यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- हत्या आरोपी बाबुमाथि पहिलेदेखि नै दुर्व्यवहारको आरोप।
- दुई वर्ष अघिनै आफ्नो सुरक्षाका लागि चिन्तित थिइन् आमा।
- आरोपी चार हत्या र गम्भीर आगजनीको अभियोगमा पुर्पक्षका लागि थुनामा।
फिनल्यान्डको साभोनलिन्ना सहरमा गत ६ डिसेम्बरमा अर्थात् फिनल्यान्डको स्वतन्त्रता दिवसकै दिन भएको आगलागीमा २० वर्षीय एक महिला र उनका तीन जना साना छोराको मृत्यु भएको घटनाबारे थप तथ्यहरू बाहिरिएका छन्।
उक्त जघन्य घटनामा ज्यान गुमाउने आमा २० वर्षीय थिइन्। आगलागीमा उनीसँगै ३ वर्षका जुम्ल्याहा छोराहरू र १ वर्षका कान्छा छोराको मृत्यु भएको थियो।
प्रहरीले घरमा आगजनी गरिएको आशंका गरेको छ र परिवार भाग्न नसकेको अनुमान छ। घटनालाई पारिवारिक हत्याकाण्ड मानिएको छ, र २२ वर्षीय बाबुलाई हत्याको आशंकामा हिरासतमा लिइएको छ।
प्रहरीको अनुसन्धान सामग्रीले बाबुको आक्रामक व्यवहार पहिलेदेखि नै रहेको र मृतक आमाले दुई वर्षअघि नै सुरक्षाका लागि चिन्ता व्यक्त गरेकी थिइन् भन्ने खुलासा गरेको छ।
मृतकका परिवारले उनीहरू कस्ता थिए भनेर अरूले पनि सम्झिउन भनेर मृतकको परिचय र फोटोहरू सार्वजनिक गरेका हुन्।
मृतकका परिवारले उनीहरू कस्ता थिए भनेर अरूले पनि सम्झिउन भनेर मृतकको परिचय र फोटोहरू सार्वजनिक गरेका हुन्।
यस्ती थिइन् मृतक महिला
मृतक महिलाकी बहिनी एन्नी हुओतारीले इल्ता सानोमात लगायतका फिनिस भाषाका पत्रिकालाई दिएको प्रतिक्रियमा उक्त घटनाबाट आफ्नो पुरै परिवार स्तब्ध भएको बताएकी छन्।
एन्नीले आफ्नी बहिनी सारालाई ‘दयालु, बलियो र राम्रो हृदय भएकी’ भनेर सम्झिइन्। साराले घोडा चढ्न मन पराउने र आफ्ना सन्तानलाई निकै माया गर्ने गरेको एन्नीले उल्लेख गरेकी छन्।
परिवारले मृतक तीन बालकहरूको समेत फोटो सार्वजनिक गर्दै उनीहरूलाई ‘खुसी र चंचल’ साना बच्चाहरूका रूपमा सम्झन आग्रह गरेको छ।
घटनाको पृष्ठभूमि
प्रहरीको प्रारम्भिक अनुसन्धानले ती महिला पहिले पनि (सन् २०२२ र २०२३ मा) हिंसाको शिकार भएको देखाएको छ। ती महिलाले सन् २०२३ को अक्टोबरमा प्रहरीलाई दिएको बयानमा उनका पूर्व साथी (हालका आरोपी) ले उनीहरू सँगै परिवार पुनर्वास कार्यक्रममा रहँदा धेरै पटक दुर्व्यवहार गरेको बताएकी थिइन्।
महिलाले यसअघि नै निषेधाज्ञा (restraining order) का लागि निवेदन दिने विचार गरेको पनि उल्लेख गरेकी थिइन्, तर उनले निवेदन दिएको भने पाइएको छैन।
पुनर्वास केन्द्रका कर्मचारीहरूले पनि बाबुको ‘आक्रामक व्यवहार’ बारे चिन्ता व्यक्त गरेका थिए, जुन आमा र बच्चाहरूका लागि राम्रो नभएको उनीहरूको भनाइ थियो।
झगडाको क्रममा पुरुषले आफू अर्को कोठामा जान खोजे पनि महिलाले झगडा गरिरहने बयान दिएका थिए। सोही घटनाका लागि उनलाई यसअघि नै दुईवटा कुटपिट र पछि एक बारमा भएको दुर्व्यवहारको आरोपमा जरिवाना तोकिएको थियो।
बारमा भएको घटनामा ती पुरूषले महिलालाई जबर्जस्ती गाडीमा हालेका थिए।
यद्यपि, दण्ड सजायपछि पनि उनीहरूको सम्बन्ध कायम रह्यो र उनीहरूले अर्को एक बच्चा अर्थात् कान्छो छोरालाई जन्म दिए।
हत्याको आशंकामा पक्राउ परेका २२ वर्षीय बाबुलाई बुधबार पुर्पक्षका लागि थुनामा राखिएको छ। उनीमाथि चारवटा हत्या र गम्भीर आगजनीको अभियोग लागेको छ।








