यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- स्वीडेनबाट ११ जना असहाय व्यक्तिहरूलाई ठगीका लागि फिनल्यान्ड ल्याइयो।
- पीडितका नाममा ७ लाख ५० हजार युरो अवैध लाभ लिएको दाबी।
- मानव बेचबिखन र ठगी मुद्दामा ४० जनाभन्दा बढी संलग्न रहेको आशंका।
हेलसिन्की जिल्ला अदालतले मंगलबार एक विशेष किसिमको मानव बेचबिखन मुद्दाको सुनुवाइ सुरु गरेको छ।
उक्त मुद्दामा एउटा आपराधिक गिरोहले स्वीडेनका घरबारविहीन र लागूपदार्थ प्रयोगकर्ताहरूलाई फिनल्यान्ड ल्याएर उनीहरूको नाममा ठगी गरेको आरोप छ। यसरी ठगि हुनेमा फिनिस नागरिक पनि छन्।
अभियोजकका अनुसार यो कानुनी नजिर बन्ने किसिमको मुद्दा हो किनकी यसमा मानिसहरूलाई प्रतिनिधिको रूपमा प्रयोग गर्नुलाई पनि मानव बेचबिखन मानिएको छ।
पीडितहरूलाई फिनल्यान्डमा बस्ने व्यवस्था अर्थात् आवासको प्रलोभन दिइएको थियो। त्यसैका लागि भन्दै उनीहरूको जानकारी बिना नै उनीहरूको नाममा विभिन्न बैंक खाता खोलिएको थियो र मोटो रकम ऋण लिइएको थियो।
गिरोहले कर कार्यालयको तथ्याङ्कमा उनीहरूका नाममा नक्कली आम्दानी विवरणहरू पेश गरेको थियो। यसैका आधारमा पीडितहरूको नाममा ठूलो रकम ऋण लिने बाटो खुलेको थियो।
अनुसन्धानका अनुसार उक्त गिरोहले करिब ७ लाख ५० हजार युरो ठगी गरेको छ। यो मुद्दा जुन महिनासम्म अदालतमा चल्ने बताइएको छ।
हेलसिन्की सानोमात पत्रिकाका अनुसार मंगलबारको सुनुवाइमा एक महिला पीडितको बारेमा बहस केन्द्रित भएको थियो। ती महिलालाई ड्रग्स छुटाउने बहानामा स्टकहोमबाट फिनल्यान्ड ल्याइएको थियो।
तर फिनल्यान्ड ल्याएपछि उनलाई नियन्त्रणमा राख्न दैनिक ड्रग्स दिने गरिएको थियो। ती महिलाको नाममा ५९,००० युरो ऋण लिइएको थियो। उनी स्वीडेनमा बस्ने तर फिनिस नागरिक भएको बताइएको छ।
उनलाई कुटपिट र घाँटी थिचेर दबाबमा पारिएको आरोप पनि छ। ती महिला आफैंलाई पनि ठगीको आरोपमा मुद्दा लगाइएको छ।
आरोपीहरूले भने यी सबै आरोपहरू अस्वीकार गरेका छन्। उनीहरूका अनुसार ती महिला स्वेच्छाले सहभागी थिइन्।
फिनल्यान्डमा मानव बेचबिखनलाई सामान्यतया यौन शोषण वा श्रम शोषणसँग जोडेर हेरिन्छ। तर यो मुद्दाले ‘वित्तीय शोषण’ लाई पनि मानव बेचबिखनको गम्भीर श्रेणीमा राखेको छ।
यो ठगी धेरै संगठित तरिकाले गरिएको प्रहरीको दाबी छ। यसमा संलग्न ४० जनालाई पक्राउ गरिएको थियो भने २० जना अझै हिरासतमा छन्।
प्रहरीका अनुसार यो गिरोह नातागोतामा आधारित एउटा ठूलो आपराधिक सञ्जाल हो। यसमा मानिस ओसार्ने, आवास मिलाउने र ठगी गर्ने छुट्टाछुट्टै टोलीहरू थिए।
फिनल्यान्डमा मानव बेचबिखनलाई सामान्यतया यौन शोषण वा श्रम शोषणसँग जोडेर हेरिन्छ। तर यो मुद्दाले ‘वित्तीय शोषण’ लाई पनि मानव बेचबिखनको गम्भीर श्रेणीमा राखेको छ।
फिनल्यान्डको कानुन अनुसार कसैको असहाय अवस्थाको फाइदा उठाएर उसलाई अपराध गर्न बाध्य पार्नु वा प्रयोग गर्नु मानव बेचबिखन हो।
हेलसिन्की र अन्य सहरहरूमा यस्ता गिरोहहरूले विशेष गरी सामाजिक रूपमा कमजोर व्यक्तिहरूलाई निशाना बनाउने गरेको पाइएको छ।








