0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको कुम्पुला स्विमिङ पुलमा गम्भीर घटना, डुब्न लागेका बच्चाको आपतकालीन उद्धार

    प्रत्यक्षदर्शीका अनुसार प्राथमिक विद्यालयको उमेर जस्तो देखिने बच्चालाई पोखरीबाट निकालेर एम्बुलेन्समा लैजानुअघि कृत्रिम श्वासमार्फत पुनर्जीवन अर्थात् CPR दिइएको थियो।

    हेलसिन्कीस्थित कुम्पुलाको सार्वजनिक स्विमिङ पुलमा बिहीबार दिउँसो एक बच्चालाई डुब्नबाट बचाइएको छ। एक प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार प्राथमिक विद्यालय जाने उमेरको जस्तो देखिने बच्चालाई पोखरीबाट निकालेर तत्कालै कृत्रिम श्वासमार्फत पुनर्जीवन अर्थात् CPR दिइएको थियो।

    घटनास्थलमा पुगेको आपतकालीन सेवाले बच्चालाई एम्बुलेन्समा राख्नुअघि आवश्यक प्राथमिक उपचार गरेको थियो।

    हेलसिन्कीको उद्धार विभागले कुम्पुलामा दिउँसो प्राथमिक उपचारसँग सम्बन्धित एक घटना भएको पुष्टि गरे पनि बिरामीको गोपनीयताको कारणले थप जानकारी दिन अस्वीकार गरेको छ।

    जुलाई महिनामा बढेको अत्यधिक गर्मीका कारण हेलसिन्की र आसपासका क्षेत्रका स्विमिङ पुल तथा समुद्री तटहरूमा मानिसहरूको भीड बढेको छ। यसै क्रममा विभिन्न स्थानहरूमा यस्ता जोखिमपूर्ण घटनाहरू भएका छन्। केहि दिनअघि एकै दिन ३ बालबालीकालाई डुबेको अवस्थामा एस्पोका विभिन्न स्थानबाट उद्दार गरिएको थियो।

    अधिकारीहरूले अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूमाथि विशेष निगरानी राख्न र पौडी खेल्दा आवश्यक सुरक्षा नियमहरू पालना गर्न आग्रह गरेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप