0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    Temu, Shein वा AliExpress बाट सामान किन्नु हुन्छ? अब तिर्नु पर्नेछ इयु प्रशासनिक शुल्क

    चीनका सस्ता अनलाइन पसलहरूबाट आउने सामानको गुणस्तर नियन्त्रणका लागि युरोपेली संघको कडा कदम।

    .संक्षेपमा.


    • प्रत्येक पार्सलमा २ युरो प्रशासनिक शुल्क लाग्ने।
    • तेस्रो मुलुकका आपूर्तिकर्ताहरूले इयु क्षेत्रमा थप गोदाम निर्माण गर्नुपर्ने।
    • इयु संसद्मा ६१९ मत पक्षमा, २६ विपक्षमा र ४६ तटस्थ।

    युरोपेली संसद्ले एक ऐतिहासिक मतदान मार्फत युरोपेली सङ्घ बाहिरका देशहरूबाट आउने साना पार्सलहरूको व्यवस्थापनका लागि नयाँ नियमहरू पारित गरेको छ।

    प्रस्तावित नियम अनुसार अब युरोपेली सङ्घ बाहिरका देशहरूबाट आउने प्रत्येक पार्सलमा २ युरो प्रशासनिक शुल्क लगाइनेछ। साथै तेस्रो मुलुकका आपूर्तिकर्ताहरूलाई युरोपेली सङ्घको क्षेत्रभित्र थप भण्डारण सुविधाहरू निर्माण गर्न आवश्यक हुनेछ।

    यो निर्णयले विशेष गरी Temu र Shein जस्ता चिनियाँ सस्ता अनलाइन खुद्रा विक्रेताहरूबाट आउने उत्पादनहरूको सुरक्षा र गुणस्तर नियन्त्रण गर्ने लक्ष्य राखेको इयुले जनाएको छ।

    धेरै चिनियाँ उत्पादनहरू इयुको कानुनी मापदण्ड विपरीत बनाइएको पाइए पछि यस्तो नियम ल्याइएको हो। यो नयाँ नियम उपभोक्ताको सुरक्षा र गुणस्तरीय मापदण्डको सुनिश्चितता गर्ने ल्याइएको इयुले जनाएको छ।

    इयु क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरूले पनि Temu, Shein, र AliExpress जस्ता मेगा अनलाइन स्टोरहरूबाट सामान किन्ने गरेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप