0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हिमालयन स्पोर्ट्स क्लबको लोभलाग्दो सफलता: ९ दिनमा जित्यो ३ उपाधि

    फिनल्यान्डमा बसोबास गर्ने नेपाली युवाहरूको खेलकुद क्लबले भलिबल र फुटबलमा युरोपदेखि स्थानीय प्रतियोगितासम्म आफ्नो वर्चस्व कायम गरेको छ।

    .संक्षेपमा.


    • हिमालयन स्पोर्ट्स क्लब (HSC) ले मात्र ९ दिनको अन्तरालमा जित्यो तीन उपाधि।
    • अस्ट्रियामा प्रतिष्ठित युरोपेली-नेपाली भलिबल च्याम्पियनसिपको उपाधि।
    • हेलसिन्कीमा आयोजित स्थानीय फुटबल र बहुसांस्कृतिक भलिबल प्रतियोगितामा पनि विजयी।

    फिनल्यान्डमा बस्ने नेपाली युवाहरूले संचालन गरेको हिमालयन स्पोर्ट्स क्लब (HSC) ले खेलकुदको मैदानमा लोभलाग्दो सफलता हासिल गरेको छ। क्लबले मात्र नौ दिनको छोटो अवधिमा युरोपेली भलिबल च्याम्पियनसिप सहित तीनवटा प्रतिष्ठित उपाधिहरू जितेर आफ्नो नाम चम्काएको हो।

    यो सफलताको शृङ्खला अस्ट्रियाको इन्सब्रकमा आयोजित ‘नेप्लिज-युरोपियन भलिबल च्याम्पियनसिप’ बाट सुरु भएको थियो। नेपाल युरोपियन स्पोर्ट क्लबद्वारा आयोजित सो प्रतियोगितामा फिनल्यान्ड, अस्ट्रिया, जर्मनी, र स्विट्जरल्यान्डका गरी ६ टोलीले सहभागिता जनाएका थिए।

    फाइनलमा आयोजक टोली NESC लाई पराजित गर्दै हिमालयन स्पोर्ट्स क्लबले उपाधिसँगै चार लाख पाँच हजार नेपाली रुपैयाँ बराबरको पुरस्कार जित्यो।

    युरोप विजयपछि हेलसिन्की फर्किएको क्लबले स्थानीय स्तरमा पनि आफ्नो दबदबा कायम राख्यो। फिलिपिनो समुदायद्वारा आयोजित बहुसांस्कृतिक भलिबल प्रतियोगितामा क्लबले एक सेट पनि नगुमाई उपाधि जित्यो।

    प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली नेपाली थिए। हिमालयन स्पोर्ट्स क्लबले फिनिस नेपाली समाज (FNS) को टोलीलाई फाइनलमा पराजित गरेको थियो। क्लबका विक्रम बुढा ‘बेस्ट प्लेयर’ र स्याबी क्षेत्री ‘बेस्ट सेटर’ घोषित भए।

    भलिबलमा मात्र नभई फुटबलमा पनि क्लबले आफ्नो उत्कृष्ट प्रदर्शन गर्‍यो। FC Gaule द्वारा आयोजित आठौँ संस्करणको ‘गाँउले कप’ फुटबल प्रतियोगितामा पनि हिमालयन स्पोर्ट्स क्लबले उपाधि जित्यो।

    फाइनलमा लालिगुराँस एफसीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै क्लबले १००० युरो नगद पुरस्कार र रनिङ ट्रफी हात पारेको हो। उक्त खेलमा क्लबका खेलाडी प्रवेश पाण्डे ‘बेस्ट प्लेयर’ र सुमन पाठक ‘बेस्ट गोलकिपर’ चुनिएका थिए।

    क्लबले आफ्ना प्रायोजकहरू सोलु मार्केट, इन्डियन मार्केट हाकानिएमी, साथै सहयोगीहरू राभिन्तोला आगो र राभिन्तोला रोयल मुस्ताङ पोरीप्रति आभार व्यक्त गरेको छ।

    अस्ट्रियाको इन्सब्रकमा आयोजित ‘नेप्लिज-युरोपियन भलिबल च्याम्पियनसिप’ जितेपछि हिमालयन स्पोर्ट्स क्लबको टीम। फोटोः हिमालयन स्पोर्ट्स क्लब
    फिलिपिनो समुदायद्वारा आयोजित बहुसांस्कृतिक भलिबल प्रतियोगितामा ‘बेस्ट प्लेयर’ र ‘बेस्ट सेटर’को उपाधि जितेका हिमालयन स्पोर्ट्स क्लबका विक्रम बुढा र स्याबी क्षेत्री। फोटोः हिमालयन स्पोर्ट्स क्लब
    एफसी गाउँले फुटबल प्रतियोगिता २०२५ जितेपछि हिमालयन स्पोर्ट्स क्लबको टीम। फोटोः हिमालयन स्पोर्ट्स क्लब

    क्लबले जितेका ट्रफीहरू.


    • एफसी गोर्खा कप २०२२ (आयोजक: एफसी गोर्खा तुर्कु)
    • एफसी गोर्खा कप २०२३ (आयोजक: एफसी गोर्खा तुर्कु)
    • खुकुरी कप २०२३ (आयोजक: मान्से नेपाल ताम्पेरे)
    • भासा कप २०२४ (आयोजक: एफसी भासा)
    • एफसी गोर्खा कप २०२४ (आयोजक: एफसी गोर्खा तुर्कु)
    • पहिलो हिमालयन कप २०२५ विजेता (आयोजक: हिमालयन स्पोर्ट्स क्लब)
    • एफसी गाउँले फुटबल प्रतियोगिता २०२५

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप