.संक्षेपमा.
- VATT ले सुरु गर्यो आप्रवासनको आर्थिक प्रभाव बारे अध्ययन गर्ने वृहत् परियोजना।
- अध्ययनले आप्रवासनको आर्थिक लागत र फाइदा, र आप्रवासनका कारण वर्गीकृत गर्ने।
- प्रारम्भिक रिजल्टहरू २०२७ को सुरुमा आउने अपेक्षा।
फिनल्याण्डको आर्थिक अनुसन्धान गर्ने सरकारी संस्था Valtion taloudellinen tutkimuskeskus (VATT) ले आप्रवासनको आर्थिक प्रभाव अध्ययन गर्ने वृहत अनुसन्धानको सुरुवात गरेको छ।
VATT डेटा रुमले २०२५ देखि २०२७ सम्म फिनल्यान्डको अर्थ मन्त्रालयको मागअनुसार आप्रवासनले सार्वजनिक वित्तमा पर्ने लागत र फाइदाहरू अध्ययन गर्ने परियोजनालाई अगाडि बढाएको हो। यो अध्ययनले आप्रवासनको प्रकृति, संरचना, र यसका आर्थिक प्रभावहरूको विस्तृत चित्र प्रस्तुत गर्नुका साथै तथ्याङ्कको वृहत विश्लेषण गर्नेछ।
फिनल्याण्डकी अर्थमन्त्री रिक्का पुर्राले संसदमा VATT ले आप्रवासनको प्रभावबारे विस्तृत अध्ययन सुरु गरिसकेको र उक्त अध्ययनले आप्रवासनबाट हुने विविध वित्तीय क्षति र फाइदाको ठोस तथ्यांक र तात्त्विक मुल्यांकन दिने बताएकी थिइन्।
अर्थमन्त्री पुर्राले यो अध्ययन अन्तराष्ट्रिय अभ्यासहरूसँग मेल खाने र यसको नतिजाले आप्रवासनबारे सार्वजनिक बहसलाई प्रजातान्त्रिक र तथ्यमा आधारित तुल्याउनेमा विश्वास व्यक्त गरेकी छन्।
यो परियोजनाले आप्रवासनको कारण सार्वजनिक वित्तमा पर्ने प्रभावलाई हेरी निम्न आधारमा आधारित तथ्याङ्क दिनेछ।

परियोजनाले आप्रवासनको कारण सार्वजनिक वित्तमा पर्ने प्रभावलाई हेरी विभिन्न तथ्याङ्क दिनेछ।
- आप्रवासनको प्रकृति र उद्देश्य:
- मानिसहरू किन फिनल्यान्डमा आप्रवासन गर्छन् (शरण, रोजगारी, शिक्षा आदि)।
- आवासीय अनुमति र वर्गीकरण:
- विभिन्न अनुमति र त्यसअन्तर्गत पर्ने समूहहरूको प्रभाव। कुन परमिटमा बसेकाले के प्रभाव पार्छन्।
- दीर्घकालीन दृष्टिकोण:
- आप्रवासीसँगै उनीहरूको भावी पुस्ताका सम्भावित आर्थिक प्रभावलाई समेत हेरिने।





