0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको अर्थतन्त्र सुधारोन्मुख, बेरोजगारीको चिन्ता भने कायमै

    अर्थतन्त्रमा सुधार हुँदै जाँदा बेरोजगारी घट्ने मन्त्रालयको विश्वास छ। आगामी वर्ष बेरोजगारी दर घटेर ९ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ।

    फिनल्यान्डको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको नयाँ आर्थिक प्रक्षेपण अनुसार फिनल्यान्ड लामो मन्दीबाट बिस्तारै बाहिर निस्कने छ। यद्यपी सुधारको गति सुस्त रहने देखिएको छ।

    आगामी तीन वर्षमा सामान्य आर्थिक वृद्धि हुने अनुमान गरिए पनि कमजोर रोजगारी बजार र विभिन्न अनिश्चितताहरूले पुनरुत्थानमा बाधा पुऱ्याउन सक्नेछन्।

    अर्थ मन्त्रालयका अनुसार यस वर्ष फिनल्यान्डको कुल गार्हस्थ्य उत्पादन (GDP) करिब १.० प्रतिशतले बढ्नेछ। आगामी वर्ष सन् २०२६ मा १.४ प्रतिशत र सन् २०२७ मा १.७ प्रतिशतको वृद्धि हुने अनुमान छ।

    “हामी फिनल्यान्डको अर्थतन्त्र सुधार हुने अपेक्षा गर्छौं, तर धेरै अनिश्चितताहरू पनि छन्,” मन्त्रालयका यान्ने हुओभारीले पत्रकार सम्मेलनमा भने।

    उच्च बेरोजगारी दर र सरकारको खर्च कटौतीको नीतिले उपभोक्ताको विश्वासमा असर पारेको छ, जसले गर्दा मानिसहरूले अतिरिक्त आम्दानी उपभोग गर्नुको सट्टा बचत गर्न थालेका छन्।

    उच्च बेरोजगारी दर र सरकारको खर्च कटौतीको नीतिले उपभोक्ताको विश्वासमा असर पारेको छ, जसले गर्दा मानिसहरूले अतिरिक्त आम्दानी उपभोग गर्नुको सट्टा बचत गर्न थालेका छन्।

    आर्थिक वृद्धिले रोजगारीको अवस्थामा तत्काल सुधार ल्याउन सकेको छैन, जुन फिनल्यान्डमा बसोबास गरिरहेका आप्रवासी समुदायका लागि समेत चासोको विषय हो।

    गत समरमा प्रकाशित एक रिपोर्टका अनुसार फिनल्यान्डको बेरोजगारी दर युरोपेली संघमा दोस्रो उच्च थियो।

    मन्त्रालयले आप्रवासन र सरकारका नीतिहरूका कारण श्रम शक्ति बढेको स्वीकार गरेको छ।

    “बजारमा कमजोर मागका कारण श्रम शक्तिमा भएको वृद्धिले हाल बेरोजगारी झनै बढाएको देखिएको छ।” प्रतिवेदनमा भनिएको छ।

    यद्यपि अर्थतन्त्रमा सुधार हुँदै जाँदा बेरोजगारी घट्ने मन्त्रालयको विश्वास छ। आगामी वर्ष बेरोजगारी दर घटेर ९ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ।

    सरकारका लागि अर्को ठूलो चिन्ता सार्वजनिक ऋण हो। प्रधानमन्त्री पेत्तेरी ओर्पोको सरकारले ऋण अनुपातलाई स्थिर बनाउने लक्ष्य राखेको थियो। तर मन्त्रालयको प्रक्षेपण अनुसार सन् २०२७ मा ऋण अनुपात अस्थायी रूपमा स्थिर भए पनि त्यसपछि फेरि बढ्न सुरु गर्नेछ।

    विश्वव्यापी आर्थिक अनिश्चितताले पनि फिनल्यान्डको वृद्धिलाई असर गर्नेछ। अमेरिकी व्यापार नीति र युरोको मूल्य वृद्धिले फिनिस निर्यातमा बाधा पुऱ्याइरहेको छ, यद्यपि युरो क्षेत्रको सुधारले केही सहयोग गरेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप