0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा गोली चलाउने फिनिस सांसद दोषी ठहर, अदालतले तोक्यो जेल सजाय

    हेलसिन्की जिल्ला अदालतले सांसद तिमो भोर्नानेनलाई गत अप्रिलको गोली काण्डमा दोषी ठहर गर्दै सजाय सुनाएको छ। उनले रेस्टुरेन्टभित्रको विवादपछि बाहिर सडकमा गोली चलाएका थिए।

    संक्षेपमा


    • ८ महिनाको निलम्बित जेल सजाय।
    • कुटपिट र अवैध धम्कीमा दोषी ठहर।
    • सजाय कम गर्ने माग अदालतद्वारा अस्वीकार।

    हेलसिन्की जिल्ला अदालतले फिनल्यान्डका सांसद तिमो भोर्नानेनलाई ८ महिनाको निलम्बित जेल सजाय सुनाएको छ। उनलाई सन् २०२४ को अप्रिलमा हेलसिन्कीको मुख्य केन्द्रमा गोली चलाएको घटनामा दोषी पाइएको हो।

    अदालतले भोर्नानेन विरुद्ध लगाइएका अधिकांश आरोपहरू स्वीकार गरेको छ। उनी कुटपिट, दुईवटा अवैध धम्की, हतियारको लापरबाहीपूर्ण प्रयोग र हतियारसम्बन्धी कसुरमा दोषी ठहरिएका हुन्।

    अदालतका अनुसार उनले बाहिर शान्त व्यवहार गरिरहेका एक व्यक्तिलाई धम्की दिनु सबैभन्दा गम्भीर अपराध मानिएको छ। यो कसुरका लागि मात्रै उनलाई करिब ६ महिनाको जेल सजाय हुन सक्थ्यो।

    सरकारी वकिलले भोर्नानेनलाई कम्तीमा पाँच महिनाको सजाय माग गरेका थिए। तर अदालतले समग्र अपराध हेरेर ८ महिनाको निलम्बित सजाय तोकेको छ।

    सरकारी वकिलले भोर्नानेनलाई कम्तीमा पाँच महिनाको सजाय माग गरेका थिए। तर अदालतले समग्र अपराध हेरेर ८ महिनाको निलम्बित सजाय तोकेको छ।

    भोर्नानेनले घटनाको नकारात्मक प्रचार र पदका कारण भएको आर्थिक नोक्सानी देखाउँदै सजाय कम गर्न माग गरेका थिए। तर अदालतले उनको यो माग सिधै अस्वीकार गरिदियो।

    यो मुद्दा गत वर्षको अप्रिल २६ मा हेलसिन्कीको काम्पीस्थित Bar Ihku र त्यसको वरपर भएको घटनासँग सम्बन्धित छ। रेस्टुरेन्टभित्रको विवादपछि उनले बाहिर सडकमा गोली चलाएका थिए।

    गोली काण्डपछि भोर्नानेनलाई ‘फिन्स पार्टी’ (Perussuomalaiset) ले आफ्नो संसदीय दलबाट निष्कासन गरिएको थियो। पेसाले प्रहरी रहेका उनले त्यसपछि आफ्नै छुट्टै संसदीय समूह गठन गरेका छन्।

    भोर्नानेन अत्यधिक मदिराको नशामा भएको र रातीको समयमा रेस्टुरेन्टमा बिना कुनै उचित कारण हतियार बोकेको पनि अदालतले उल्लेख गरेको छ। साथै भोर्नानेनले गोली चलाएपछि पनि सडकमा लोड गरिएको हतियार बोकेका थिए, जुन हातहतियार सम्बन्धी कानुन विपरीत हो।

    भोर्नानेनको उक्त हतियार जफत गरी राज्यको स्वामित्वमा लिइयो।

    जिल्ला अदालतले भोर्नानेनलाई विभिन्न खर्च र पीडित पक्षलाई क्षतिपूर्ति बापत ब्याज सहित १७,००० युरो भन्दा बढी तिर्न आदेश पनि दिएको छ।

    फैसला आउनुअघि भोर्नानेनले आफूले पछि मात्र यस विषयमा प्रतिक्रिया दिने बताएका छन्। उनले शनिबार अर्थात् फिनल्यान्डको स्वतन्त्रता दिवसको दिन फेसबुकमार्फत विज्ञप्ति जारी गर्ने जनाएको भन्दै हेलसिन्की सानोमातले समाचार लेखेको छ।

    सांसद भोर्नानेनले जिल्ला अदालतको यो निर्णयलाई पुनरावेदनमा अपील गर्न भने सक्नेछन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप