.संक्षेपमा.
- फिनल्याण्डमा पहिलो पटक हिमालयन कप फुटबल प्रतियोगिता आयोजना हुने।
- प्रतियोगिता १४ जुन २०२५ मा हेलसिन्कीमा हुने। विभिन्न नेपाली टोलीहरूको सहभागिता रहने।
- खेलकुद मार्फत नेपाली समुदायमा एकता र सामुदायिक भावना अभिवृद्धि गर्ने लक्ष्य।
नेपाली समुदायलाई खेलकुद मार्फत एकताबद्ध गर्ने उद्देश्यले फिनल्याण्डमा पहिलो पटक “हिमालयन कप” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिमालयन स्पोर्ट्स क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता १४ जुन २०२५ शनिबारका दिन हेलसिन्कीस्थित पुओतिलान तेकोनुर्मी (Puotilan Tekonurmi) मा बिहान ९ बजेदेखि सुरु हुनेछ।
आयोजकका अनुसार प्रतियोगितामा फिनल्याण्डभरिका विभिन्न नेपाली फुटबल टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक हिमालयन स्पोर्ट्स क्लबले प्रतियोगितालाई केवल एक खेल मात्र नभई एकता र सामुदायिक भावनाको उत्सवको रूपमा लिएको बताएको छ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ। करिब १० घण्टासम्म चल्ने प्रतियोगितामा जो कोही पनि उपस्थित भई खेलाडीहरूको हौसला बढाउन सक्नेछन्।

प्रतियोगितामा फिनल्याण्डभरिका नेपाली फुटबल टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्।
आयोजकले प्रतियोगिता सम्बन्धी थप जानकारीहरू क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ र सबैलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पार्न अनुरोध गरेको छ।





