विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा बलात्कारका घटनामा मुछिने विदेशीको सङ्ख्या बढ्यो, टप १० मा नेपाली पनि

सन् २०२५ को तथ्याङ्क अनुसार फिनल्यान्डमा बलात्कारको आरोप लाग्नेहरूमध्ये एक तिहाइभन्दा बढी विदेशी पृष्ठभूमि भएका व्यक्तिहरू छन्। टप १० लिस्टमा नेपाली नागरिकहरु समेत समेटिएका छन्।

संक्षेपमा


  • बलात्कार मुद्दामा विदेशी मूलका शङ्कास्पदको सङ्ख्या बढेर ३३ दशमलव ७ प्रतिशत पुग्यो।
  • शङ्कास्पद विदेशी नागरिकको सूचीमा ११ जनासहित नेपाल नवौँ स्थानमा रहेको।
  • फिनल्यान्डमा हिंसात्मक तथा यौनजन्य अपराधका पीडितको सङ्ख्या ६ दशमलव १ प्रतिशतले बढ्यो।

फिनल्यान्डमा सन् २०२५ मा भएका बलात्कार तथा गम्भीर बलात्कारका घटनामा विदेशी पृष्ठभूमि भएका शङ्कास्पद व्यक्तिहरूको सङ्ख्या बढेको सरकारी तथ्याङ्कले देखाएको छ।

फिनल्यान्डको सरकारी तथ्याङ्क विभागले यही साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल शङ्कास्पदमध्ये ३३ दशमलव ७ प्रतिशत विदेशी मूलका छन्, जसमा नेपालीहरू समेत नवौँ स्थानमा परेका छन्।

तथ्याङ्क विभागका अनुसार गत वर्ष फिनल्यान्डमा बलात्कार वा गम्भीर बलात्कारका घटनामा कुल १ हजार ८० जना शङ्कास्पद फेला परेका थिए। तीमध्ये ३०४ (३३.७%) विदेशी पृष्ठभूमि भएका व्यक्ति हुन्। सन् २०२४ मा शङ्कास्पदको सङ्ख्या ८९३ थियो, जसमा विदेशी पृष्ठभूमिका २८१ जना (३१.५%) थिए।

अनुसन्धान अधिकारीहरूले प्रारम्भिक अनुसन्धान सकेर शङ्कास्पद सूचीमा राखेका व्यक्तिहरूलाई तथ्याङ्कमा समेटिएको हो। यो सूचीमा पर्नुको अर्थ अदालतमा मुद्दा लाग्नु वा दोषी प्रमाणित हुनु भने होइन।

फिनल्यान्डमा कुल जनसङ्ख्याको ११ दशमलव ७ प्रतिशत अर्थात् ६ लाख ६० हजार ८०० जना विदेशी पृष्ठभूमिका मानिस बस्छन्। तर यौन अपराधका घटनामा उनीहरूको उपस्थिति जनसङ्ख्याको अनुपातभन्दा धेरै बढी देखिएको छ।

शङ्कास्पद विदेशी नागरिकको नागरिकताका आधारमा इराक सबैभन्दा अगाडि छ। सूचीमा ११ जना नेपाली नागरिक समेटिएको छ, र नेपाल नवौँ स्थानमा रहेको देखिन्छ। सोझो अर्थमा भन्दा गत वर्ष ११ जना नेपालीहरू फिनल्यान्डमा बलात्कार तथा गम्भीर बलात्कारका घटनामा मुछिएका हुन्।

शिर्ष दशमा अफगानिस्तान र नेपालबाहेक दक्षिण एसियाका अन्य मुलुक छैनन्।

बलात्कार तथा गम्भीर बलात्कारमा शङ्कास्पद विदेशीहरूको उद्गम देश (सन् २०२५, टप १०)

स्थाननागरिकताशङ्कास्पदको सङ्ख्या
इराक४२
इरिट्रिया२८
अफगानिस्तान२१
सिरिया१६
सोमालिया१५
इरान१५
एस्टोनिया१३
टर्की११
नेपाल११
१०कङ्गो

फिनल्यान्डको तथ्याङ्क विभागका अनुसार दुवै आमाबुबा वा एक मात्र उपलब्ध अभिभावक विदेशमा जन्मेका व्यक्तिहरूलाई विदेशी पृष्ठभूमि भएको मानिन्छ। यसमा विदेशमा जन्मेका तर जनसङ्ख्या प्रणालीमा आमाबुबाको विवरण नभएका व्यक्ति पनि पर्छन्।

सन् २०२१ मा फिनिस सरकारले गरेको एक अध्ययनले वयस्कहरूमाथि हुने बलात्कारका घटनामा विदेशी पृष्ठभूमि भएका व्यक्तिहरूको संलग्नता बढी देखाएको थियो।

विज्ञापन

प्रिय पाठक, हाम्रो सहयोगी सदस्य बनी सम्पूर्ण प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.91€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer

त्यस्तै, सन् २०१४ को कानुनी नीति अनुसन्धान संस्थानको प्रतिवेदन अनुसार सामाजिक-जनसाङ्ख्यिकीय कारकहरूलाई समान राखेर हेर्दा पनि अफ्रिका र मध्यपूर्वका पुरुषहरूमा बलात्कारजन्य अपराधको दर रैथाने फिनिस नागरिकको तुलनामा १० गुणा बढी रहेको पाइएको थियो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप