0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको हाङ्कोमा जमेको बरफ फुट्दा कार समुन्द्रमा डुब्यो

    फिनल्यान्डको हाङ्कोमा शनिबार दिउँसो बरफ फुटेर कार समुन्द्रमा भासिएर भएको दुर्घटनामा चार जनाको चमत्कारिक उद्धार भएको छ। कारमा रहेको कुकुरको भने मृत्यु भएको छ। 

    संक्षेपमा


    • चार जना यात्रुको सकुशल उद्धार, कारमा रहेको कुकुरको भने मृत्यु।
    • दुर्घटना किनाराभन्दा निकै पर कमजोर बरफमा।
    • आफ्नै खुसीले बरफमा चलाइएको थियो गाडी।

    फिनल्यान्डको हाङ्कोस्थित पूर्वी बन्दरगाह नजिकै शनिबार दिउँसो एउटा कार बरफ फुटेर समुन्द्रमा डुबेको छ। कारमा सवार चारै जना मानिसहरू बाहिर निस्कन सफल भए पनि एउटा कुकुर भने कारमै फसेको छ।

    फिनिस समुन्द्री रक्षकका अनुसार यो घटना दिउँसोको समयमा भएको हो। कारमा जम्मा चार जना मानिस थिए। तीमध्ये तीन जना गाडी डुब्नासाथ झ्यालबाट बाहिर निस्कन सफल भएका थिए।

    चौथो व्यक्ति भने डुब्दै गरेको कारमा करिब दुई मिनेटजति फसेका थिए। अन्ततः उनी पनि बाहिर निस्किए तर केही मिनेट चिसो पानीमै रहनुपर्यो।

    पछि अरूले उनलाई तानेर निकालेका थिए। दुर्भाग्यवश कारमा रहेको कुकुर भने बाहिर निस्कन सकेन र कारसँगै डुब्यो।

    फिनिस समुन्द्री रक्षकले हेलसिन्की सानोमात पत्रिकालाई बताए अनुसार उक्त कार किनाराबाट निकै टाढा खुला समुन्द्रमा डुबेको हो।

    कारमा सवार चार जना आफ्नै इच्छाले बरफमाथि गाडी चलाउन गएका थिए।

    बाहिरबात हेर्दा बरफको अवस्था राम्रो देखिएपनि पानीको बहाव र अन्य अवस्थाका कारण बरफ अप्रत्याशित रूपमा कमजोर हुन सक्ने विज्ञहरू बताउँछन्।

    घटनाको पहिलो जानकारी एक बटुवाले दिएका थिए भने कारमा रहेकाहरूले पनि आपतकालीन सेवामा खबर गरेका थिए।

    डुबेको कार अहिले समुन्द्रमा पूर्ण रूपमा हराएको छ। अब उक्त कारलाई के गर्ने र त्यसबाट इन्धन चुहिएर समुन्द्रमा मिसिन्छ कि मिसिँदैन भन्ने कुराको जाँच गरिनेछ।

    यो दुर्घटना निकै गम्भीर भएको र डुब्दै गरेको कारबाट सबै जना सुरक्षित निस्कनु भाग्यले ठूलो साथ दिएको भन्दै स्थानीय पत्रिकाले लेखेका छन्।

    फिनल्यान्डमा जाडोयाममा बरफ जमेको ताल वा समुन्द्रमाथि गाडी चलाउनु नौलो कुरा होइन, तर यो सधैं सुरक्षित हुँदैन।

    सरकारले आधिकारिक रूपमा घोषणा गरेका ‘आइस रोड’हरू सुरक्षित मानिए पनि आधिकारिक ट्र्याकभन्दा बाहिर बरफमा गाडी चलाउँदा बरफको मोटाइ र गुणस्तर फरक पर्न सक्छ, जसले गर्दा यस्ता दुर्घटनाहरू हुने गर्छन्।

    विशेष गरी समुन्द्रको बरफ तालको बरफभन्दा बढी जोखिमपूर्ण हुन्छ किनकि नुनिलो पानी र छालले बरफलाई कमजोर बनाउने गर्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप