0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    HSL भाडा बढ्ने निश्चित, राजधानी क्षेत्रको सार्वजनिक यातायात झनै महँगो हुने

    हेलसिन्की क्षेत्रको सार्वजनिक यातायातको भाडा सन् २०२६ को सुरुदेखि औसत ३.१ प्रतिशतले बढ्नेछ, तर सिङ्गल टिकटमा लागु भएको नयाँ 'प्राइस क्याप' व्यवस्थाले केही राहत दिएको छ।

    .संक्षेपमा.


    • HSL को भाडा औसत ३.१ प्रतिशतले बढ्ने।
    • नयाँ मूल्य सन् २०२६ को सुरुवातदेखि लागू हुने।
    • सिंगल टिकटमा ‘प्राइस क्याप’ आउँदै, दिनभरको यात्रा भने सस्तो हुन सक्ने।

    हेलसिन्की क्षेत्र यातायात (HSL) बोर्डले सन् २०२६ को सुरुदेखि टिकटको मूल्य बढाउने निर्णय गरेको छ। भाडा औसतमा ३.१ प्रतिशतले बढ्नेछ।

    तर HSL ले यात्रुहरूलाई राहत दिन सिंगल टिकटमा ‘प्राइस क्याप’ (मूल्य सीमा) पनि लागू गर्ने योजना बनाएको छ।

    HSL को बोर्डले मङ्गलबार (अक्टोबर २८) यो निर्णय गरेको हो। यो मूल्य वृद्धि सबै प्रकारका टिकट र जोनहरूमा लागू हुनेछ।

    बढ्दो लागतका कारण मूल्य बढाउनु परेको HSL ले जनाएको छ।

    “हामी मूल्य वृद्धि सामान्य राख्न चाहन्छौं,” HSL का बजार निर्देशक मारी फ्लिङ्कले एक विज्ञप्तीमा भनेकी छिन्। “तर पूर्वाधार र सञ्चालन खर्च बढिरहेको छ।”

    कम्पनीले सुरुमा ४.० प्रतिशत वृद्धिको प्रस्ताव गरेको थियो। एक प्रक्षेपण अनुसार भाडा ६.१% सम्म बढ्न सक्ने पनि जनाइएको थियो। तर ३.१ प्रतिशत मात्र बढाउने निर्णय गरिएको हो। यसको मतलब नगरपालिकाहरूले HSL लाई थप आर्थिक सहयोग गर्नुपर्नेछ।

    हेलसिन्की महानगरले HSL को टिकटको मुल्य बढाउने प्रस्तावलाई अस्विकार गरेको थियो, तर उक्त निर्णय बाध्यकारी थिएन।

    हेलसिन्की सिटी काउन्सिलमा प्रतिनिधित्व गर्ने नेपाली मूलका नगर परिषद् सदस्य कृष्ण रेग्मीले पनि HSL क्षेत्रको सार्वजनिक यातायातमा भाडा बढ्न नहुने र त्यसैका लागि आफूले पैरवी गरिरहेको नेपालीलाइनेनलाई बताएका थिए।

    हरेक प्रयासका बाबाजुत अन्य आर्थिक स्रोत नभेटिएपछि भाडा बढ्ने भएको हो। भाडा नबढाएको भए धेरै क्षेत्रबाट बस तथा ट्रामको सेवा काट्नुपर्ने हुनसक्थ्यो, तर HSL ले त्यो उपायमा नजाने निर्णय गरेको हो।

    HSL ले टिकटहरूको ठ्याक्कै नयाँ मूल्यहरू छुट्टै सार्वजनिक गर्ने बताएको छ।

    बढ्दो लागतका कारण मूल्य बढाउनु परेको HSL ले जनाएको छ।

    के हो ‘प्राइस क्याप’?

    यो भाडा वृद्धिसँगै एउटा राम्रो खबर पनि छ। HSL ले सिंगल टिकटहरूका लागि ‘प्राइस क्याप’ (hintakatto) लागू गर्दैछ।

    यसको अर्थ तपाईंले एक दिनमा जति पटक सिंगल टिकट काटेर यात्रा गरे पनि, तपाईंले एक दिनको टिकट (vuorokausilippu) भन्दा बढी तिर्नु पर्दैन। तपाईंको खर्च स्वतः एक दिने टिकटको मूल्यमा पुगेपछि रोकिनेछ।

    यो सुविधाले कहिलेकाहीँ दिनमा धेरै पटक यात्रा गर्नेहरूलाई फाइदा पुग्नेछ। HSL का अनुसार यो नियम क्रमशः लागू हुनेछ। सुरुमा यो ‘कन्ट्याक्टलेस’ भुक्तानीमा परीक्षण गरिनेछ।

    HSL का अनुसार आउँदा वर्षहरूमा पनि लागत बढ्ने देखिन्छ। सन् २०२६-२९ को अवधिमा सञ्चालन खर्च १५ प्रतिशतसम्म बढ्ने अनुमान छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप