…संक्षेपमा.
• सन् २०२४ मा सार्वजनिक हिंसाको ५०% Uusimaa क्षेत्रमा।
• एक तिहाइ हिंसात्मक अपराधमा १८ वर्ष मुनिका नाबालक संलग्न।
• Vantaa र Turku सबैभन्दा असुरक्षित, Kuopio, Pori, र Espoo सबैभन्दा सुरक्षित।
फिनल्याण्डको पुलिस विभागको नयाँ प्रतिवेदन अनुसार फिनल्याण्डका ठूला सहरहरूमा सार्वजनिक हिंसाको दर बढ्दो क्रममा रहेको छ। विशेषगरी Vantaa र Turku सहरहरू सबैभन्दा कम सुरक्षित स्थानको रूपमा पहिचान गरिएका छन्।
प्रहरी अधिकारी Ilkka Koskimäki का अनुसार सन् २०२४ मा फिनल्याण्डका गम्भीर सार्वजनिक हिंसात्मक अपराधहरूमध्ये झण्डै आधा Uusimaa क्षेत्रमा भएका थिए।
“Vantaa को जनसांख्यिक प्रोफाइलमा अपराधमा संलग्न हुने उच्च जोखिम भएका व्यक्तिहरू बढी छन्।” उनले पत्रकार सम्मेलनमा भने।
विशेष चिन्ताको विषय के छ भने गम्भीर हिंसात्मक अपराधमा युवाहरूको संलग्नता बढ्दो छ। यस्ता घटनाहरूमा करिब एक तिहाइ शंकास्पद व्यक्तिहरू नाबालक रहेका छन्, जसमध्ये धेरैजसो १७ देखि १९ वर्ष उमेर समूहका छन्। Koskimäki ले यो प्रवृत्तिलाई अभिभावकीय निगरानीको कमी र सामाजिक-आर्थिक समस्याहरूसँग जोडेका छन्।
सन् २०१५ मा फिनल्याण्डका गम्भीर हिंसात्मक अपराधहरूमध्ये एक तिहाइ मात्र सार्वजनिक स्थानमा हुने गरेकोमा २०२४ मा यो बढेर ५० प्रतिशत पुगेको छ।
“यद्यपी फिनल्याण्डमा अपरिचित व्यक्तिबाट अपराधको शिकार हुने सम्भावना अझै पनि अत्यन्तै कम छ।” Koskimäki ले आश्वस्त पारे।
अपराध नियन्त्रणका लागि सरकारले विभिन्न कदमहरू चाल्न थालेको उनले बताए। यसमा सिसिटिभी अर्थात् निगरानी क्यामेरा नेटवर्कको विस्तार र विद्यालयमा पुलिस कार्यक्रमहरूको विस्तार प्रमुख छन्। Kerava सहरमा बढाइएको निगरानीले हिंसा उल्लेख्य रूपमा घटेको उदाहरण दिँदै Koskimäki ले यस्ता कार्यक्रमहरूको महत्व पनि औंल्याए।
लागूपदार्थको प्रयोग र हिंसाबीच गहिरो सम्बन्ध रहेको पनि प्रहरी अध्ययनले देखाएको छ। विशेषगरी सप्ताहन्तको रातमा सहरी केन्द्रहरूमा यस्ता घटनाहरू बढी हुने गरेको पाइएको छ।
न्याय मन्त्रालयले धारिलो हतियार बोक्ने अपराधमा कडा दण्ड सजायको व्यवस्था गर्न कानून संशोधनको प्रक्रिया अघि बढाएको छ। यस्ता हतियारहरूको प्रयोग बढ्दो क्रममा रहेको प्रहरी तथ्यांकले देखाएको छ।

सन् २०१५ मा फिनल्याण्डका गम्भीर हिंसात्मक अपराधहरूमध्ये एक तिहाइ मात्र सार्वजनिक स्थानमा हुने गरेकोमा २०२४ मा यो बढेर ५० प्रतिशत पुगेको छ।
गत वर्ष डिसेम्बरमा Helsinki को Kaisaniemi पार्कमा सांसद Krista Kiuru माथि भएको आक्रमणले पनि सार्वजनिक सुरक्षाको विषयलाई थप चर्चामा ल्याएको छ। आक्रमणकारीको हिंसात्मक अपराधको पूर्व इतिहास रहेको प्रहरीले जनाएको थियो।
त्यसैगरी, Espoo को Suvela मा गत वर्ष भएको अर्को हाइ प्रोफाइल हिंसात्मक घटनाले सार्वजनिक स्थलहरूमा रोकथाममूलक उपायहरूको आवश्यकतालाई झनै बढाएको देखाउँछ।
डिस्टर्बेन्स इन्डेक्स नामक मूल्यांकन प्रणालीले देशका दश ठूला सहरहरूमा प्रति व्यक्ति हिंसात्मक अपराध, तोडफोड र आपतकालीन घटनाहरूको आधारमा सुरक्षा स्थितिको विश्लेषण गरेको हो। यस मूल्यांकनमा Kuopio, Pori, र Espoo सबैभन्दा सुरक्षित सहरहरूको रूपमा देखिएका छन्।
Koskimäki ले विशेषगरी युवाहरूसँग चाँडै सम्पर्क स्थापित गर्न र अपराधीहरूलाई तत्काल जवाफदेही बनाउन आवश्यक रहेको बताए। “युवाहरूसँग समयमै संवाद र सहकार्य गर्न सकिएन भने समस्या झन् जटिल बन्दै जानेछ,” उनले भने।





