0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    कागजी चिठ्ठी पठाउन बन्द गर्दै KELA, कारण छ यस्तो

    फिनल्यान्डको सामाजिक सुरक्षा निकाय KELA ले खर्च कटौतीका लागि आफ्ना निर्णय र सूचनाहरू हुलाकबाट पठाउन बन्द गर्दै डिजिटल सेवालाई प्राथमिकता दिने भएको हो।

    संक्षेपमा


    • KELA का सबै निर्णय अब OmaKela पोर्टलमा उपलब्ध हुने।
    • कागज कटौतीबाट वार्षिक ६० लाख युरोको बचत।
    • इन्टरनेट प्रयोग नगर्नेका लागि भने हुलाक सेवा कायमै रहने।

    फिनल्यान्डको सामाजिक सुरक्षा संस्था KELA ले आफ्ना सेवाग्राहीलाई पठाउने कागजी चिठ्ठी र सूचनाहरूको सट्टा अब डिजिटल माध्यम प्रयोग गर्ने घोषणा गरेको छ। यो परिवर्तन जनवरी १५ तारिख बिहीबारदेखि लागू हुनेछ।

    गत वर्षको नोभेम्बरमा सम्पन्न KELA को सुधार योजना अनुसार खर्च घटाउन यो कदम चालिएको हो। सन् २०२५ मा केलाले ६० लाख कागजी र ९० लाख डिजिटल चिठ्ठी पठाएको थियो।

    कागजी चिठ्ठीमा गरिएको कटौतीले KELA को छपाइ र हुलाक खर्चमा करिब ६० लाख युरो बचत भएको छ। अब सेवाग्राहीले आफ्ना निर्णयहरू OmaKela अनलाइन पोर्टलमा प्राप्त गर्नेछन्।

    ईमेल वा फोन नम्बर दर्ता गरेका प्रयोगकर्ताले नयाँ सूचना आएको जानकारी मेसेज मार्फत पाउनेछन्। यस्ता जानकारी ‘सुओमी डट एफआई’ (Suomi.fi), ईमेल वा एसएमएसबाट पठाइनेछ।

    यद्यपि OmaKela प्रयोग गर्नेले चाहेमा अझै पनि कागजी चिठ्ठी नै रोज्न पाउने विकल्प छ। यसका लागि सेवाग्राहीले OmaKela पोर्टल वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी अनुरोध गर्नुपर्नेछ।

    अनलाइन सेवा प्रयोग नगर्ने व्यक्तिहरूका हकमा भने KELA ले साविक बमोजिम नै हुलाकबाट चिठ्ठी पठाउनेछ।

    KELA फिनल्यान्डमा बसोबास गर्नेहरूलाई बेरोजगारी भत्ता, आवास सहायता, स्वास्थ्य उपचार खर्च र विद्यार्थी वृत्ति जस्ता विभिन्न सामाजिक सुविधाहरू प्रदान गर्ने मुख्य सरकारी निकाय हो।

    फिनल्यान्ड सरकारले पछिल्लो समय सार्वजनिक खर्च कटौती गर्न र डिजिटल प्रणालीलाई सुदृढ बनाउन सरकारी संयन्त्रहरूमा विभिन्न सुधारका कार्यक्रमहरू ल्याइरहेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप