0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    मिलान जाफलाई फिनल्यान्डले गर्‍यो ‘डिपोर्ट’, उडेका थिए विशेष चार्टर विमानमा

    जाफका फिनल्यान्डमा बस्ने भाइका अनुसार परिवारलाई उनी फर्कँदै छन् भन्ने थाहा थिएन। विशेष गरी जाफकी आमाको लागि छोराको फिर्ती खुसीको आश्चर्य थियो।

    संक्षेपमा


    • अपराधमा दोषी जाफलाई देश निकाला गरियो।
    • हेलसिन्कीबाट विशेष चार्टर विमानमा उडे।
    • अपील विचाराधीन रहे पनि निर्णय लागू भयो।

    फिनल्यान्डको चर्चित ‘कुर्दिश माफिया’ सडक ग्याङका प्रमुख मिलान जाफलाई देश निकाला गरिएको छ। विभिन्न गम्भीर अपराधमा दोषी ठहर भएका २५ वर्षीय जाफलाई रातारात विशेष उडानमार्फत इराक फिर्ता गरिएको हो।

    यो समाचार पहिलो पटक इल्तालेहतीले लेखेको हो। उक्त पत्रिकाका अनुसार जाफलाई यो हप्ता फिनल्यान्डबाट डिपोर्ट गरिएको हो।

    निष्कासनको उडान सोमबार राति र मंगलबार बिहानको बीचमा इराकको लागि हिँडेको थियो। जाफलाई कुर्द तथा अरब पृष्ठभूमिका पाँच अन्य इराकीहरूसँगै फ्रि-बर्ड एयरलाइन्सको चार्टर विमानमा पठाइएको थियो।

    यो पनि पढ्नुहोस्ः सामाजिक सञ्जालको नायकदेखि देश निकालाको डिलसम्म: यस्तो छ मिलान जाफको कथा  

    विमान हेलसिन्कीबाट उडेर स्वीडेन र त्यसपछि अस्ट्रिया हुँदै इराक पुगेको थियो। हेलसिन्की प्रहरीका वरिष्ठ अधिकारी सिमो काउपिनेनले Frontex को संयुक्त फिर्ती उडान राति एयरपोर्टबाट गएको इल्तालेहतीसँग पुष्टि गरेका छन्।

    काउपिनेनले उडानमा रहेका मानिसहरूको नाम र उनीहरूका अपराधबारे टिप्पणी गर्न मानेनन्। तर, उनले भने, “निष्कासन गरिएकामध्ये केही अपराधमा दोषी ठहर भएका हुन्।”

    उडानमा रहेका एक पुरुषका अनुसार विमानमा निष्कासन गरिएका दर्जनौँ व्यक्तिहरू र करिब १५० सुरक्षा अधिकारी थिए।

    जाफलाई धेरै प्रहरीको निगरानीमा इराक पुर्‍याइएको थियो। बगदादबाट उनी आफ्नो परिवारसँग भेट्न इराकी कुर्दिस्तानको किर्कुक गएको जनाइएको छ।

    जाफ फिनल्यान्डका नागरिक होइनन्। उनले शरणार्थी संकटको समयमा केही वर्ष अगाडी फिनल्यान्ड आएको बताउने गरेका थिए।

    जाफका फिनल्यान्डमा बस्ने भाइका अनुसार परिवारलाई उनी फर्कँदै छन् भन्ने थाहा थिएन। विशेष गरी जाफकी आमाको लागि छोराको फिर्ती खुसीको आश्चर्य थियो।

    हेलसिन्कीको प्रशासनिक अदालतले जाफको निष्कासन निर्णयविरुद्धको अपील खारेज गरेपछि यो कारबाही भएको हो। जाफले सर्वोच्च प्रशासनिक अदालत (KHO) मा पुनरावेदन गरेका थिए। तर पुनरावेदनले पहिले दिइएको निर्णयको कार्यान्वयनलाई रोक्दैन।

    जाफ फिनल्यान्डका नागरिक होइनन्। उनले शरणार्थी संकटको समयमा केही वर्ष अगाडी फिनल्यान्ड आएको बताउने गरेका थिए।

    उनी हत्या प्रयास र बलात्कार लगायतका धेरै अपराधमा दोषी ठहर भएका छन्। उनी अगस्टमा जेलबाट रिहा भएपछि तुरुन्तै निष्कासन निर्णयको कार्यान्वयनका लागि हिरासत इकाईमा सारिएका थिए।

    उनले मेट्रोमा दुध पोखेको र गाएका केही र्याप गितहरू सामाजिक संजालमा चर्चित छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप