0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा सुरू भयो नेपाली भाषाको अनलाइन पत्रिका

    नेपालीलाइनेनका सदस्यका लागि प्रिमियम स्टोरिज, प्रिमियम अडियोहरू, प्रिमियम भिडियोहरू, र इभेन्ट्स क्यालेन्डर लगायतका सामाग्रीमा पहुँच हुनेछ।

    संक्षेपमा.


    • अनलाइन पत्रिकाको नाम नेपालीलाइनेन राखिएको छ।
    • निकट भविष्यमा Job Vacancies पेज र डिजिटल लाइब्रेरी पनि सञ्चालन गरिने।
    • फिनल्यान्डमा बस्ने नेपालीको सङ्ख्या ११,००० नाघे पनि अहिलेसम्म नेपाली पत्रिका थिएन।

    हेलसिंकी, १ वैशाख २०८२ (१४ अप्रिल २०२५) – नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर फिनल्यान्डमा नेपाली समुदाय लक्षित नेपालीलाइनेन अनलाइन पत्रिका सुरु भएको छ। करिब १ वर्षको आन्तरिक तयारी पछि वैशाख १ कै दिन पारि नेपालीलाइनेन अनलाइन पत्रिकाको औपचारिक आरम्भ गरिएको हो। फिनल्यान्डको हेलसिंकीमा रहेको मिडिया र आमसञ्चार क्षेत्रमा काम गर्ने टाकुरा कम्युनिकेशन्स एण्ड पब्लिशिङ कम्पनीले नेपालीलाइनेन अनलाइन पत्रिका प्रकाशन थालेको हो।

    करिब ११,००० नेपालीहरू बसोबास गर्ने फिनल्यान्डमा अहिलेसम्म नेपाली भाषाको अनलाइन पत्रिका थिएन। नेपालीलाइनेन पत्रिकामा फिनल्यान्ड र नेपालसँग सम्बन्धित समसामयिक समाचारहरू, सरकारी नीति तथा नियमहरूको विश्लेषण साथै शैक्षिक र रोजगारीका अवसरहरू बारे जानकारी रहने प्रकाशक टाकुराले जनाएको छ।

    पछिल्लो तथ्याङ्क अनुसार फिनल्यान्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूको सङ्ख्या ११,००० कटेको छ।

    नेपालीलाइनेनलाई सञ्चार र अनुसन्धानमा एक दशकभन्दा बढी अनुभव भएका मिडिया पेसाकर्मीहरू तथा अनुसन्धानकर्ताहरूले सञ्चालन गरेका हुन्। नेपालीलाइनेनले फिनल्यान्डको आम सञ्चार परिषद् (JSN) द्वारा निर्देशित पत्रकारिता सिद्धान्तहरूको पालना गर्ने र उच्च मिडिया नैतिकता र आचारसंहिता अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालीलाइनेनका सामाग्रीहरू मूलतः नेपाली भाषामा प्रकाशित हुने भए पनि फिनिश र अङ्ग्रेजी भाषामा समेत आवश्यकता बमोजिम समाचार र लेखहरू प्रकाशन हुनेछन्।

    पत्रिकाका नियमित समाचारहरू सबै पाठकहरूलाई उपलब्ध भए पनि विशेष रिपोर्टहरू भने नेपालीलाइनेनका सहयोगी सदस्यका लागि मात्र उपलब्ध हुनेछन्। न्यूनतम मासिक ४.९९ युरो तिरी पत्रिकाको ‘सहयोगी सदस्य’ बन्न सकिने प्रावधान छ। सहयोगी सदस्यका लागि प्रिमियम स्टोरिज, प्रिमियम अडियोहरू, प्रिमियम भिडियोहरू, र इभेन्ट क्यालेन्डर लगायतका सामाग्रीमा पहुँच हुनेछ। नेपालीलाइनेनले निकट भविष्यमा काम खोज्नेहरूका लागि विज्ञापन (job vacancies) सेवा र नेपालीलाइनेन डिजिटल लाइब्रेरी पनि स्थापना गर्ने जनाएको छ।

    Statistics Finland को पछिल्लो तथ्याङ्क अनुसार फिनल्यान्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूको सङ्ख्या ११,००० कटेको छ। सन् १९९० मा जम्मा १५ जना नेपाली नागरिकहरू फिनल्यान्डमा रहेको कुरा फिनिश सरकारी तथ्याङ्कमा उल्लेख छ। सो सङ्ख्या बढ्दै सन् २००० मा ९८, सन् २०१० मा ११३३ हुँदै सन् २०२० सम्म आउँदा ४००० नाघेको देखिन्छ। पछिल्लो समय पढ्न र काम गर्न फिनल्यान्ड आउने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप