0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनिस राजनीतिमा पनि देखियो नातावाद: मन्त्री र सांसदका पिएमा छोराछोरीदेखि प्रेमिकासम्म

    फिनल्यान्डकी एक वरिष्ठ मन्त्री र अर्की एक सांसदले आफ्नै परिवारका सदस्यलाई संसदीय सहायकको रूपमा नियुक्त गरेको पाइएपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ।

    .संक्षेपमा.


    • मन्त्री काइसा युसोले आफ्नै छोरालाई संसदीय सहायक बनाइन्।
    • परिवारका सदस्यलाई सहायक राख्ने चलन पहिलेदेखि नै।
    • संसदीय नियमले सांसदलाई परिवारका सदस्य नियुक्त गर्न रोक्दैन।

    फिनल्यान्डकी सामाजिक तथा स्वास्थ्य मन्त्री काइसा युसोले आफ्नै छोरालाई संसदीय सहायक अर्थात् पीए नियुक्त गरेपछि फिनल्यान्डको राजनीतिमा नातावादबारे बहस सुरु भएको छ। मन्त्री युसो ‘फिन्स पार्टी’ (Perussuomalaiset) की नेतृ हुन्।

    सोही पार्टीकी अर्की सांसद याना स्ट्रान्डमानले पनि आफ्ना श्रीमानलाई सहायक नियुक्त गरेको खुलासा भएको छ।

    फिनल्यान्डको संसदमा यस्तो अभ्यास नौलो भने होइन। गत वर्ष पनि फिन्स पार्टीकै भेइयो निएमीले छोरालाई र मिक्को पोल्भिनेनले प्रेमिकालाई सहायक राखेका थिए।

    त्यसैगरी क्रिस्टियन डेमोक्र्याट पार्टीकी सांसद सारी तानुसलाई पनि उनका श्रीमानले नै सहायकको रूपमा सघाइरहेका छन्।

    फिन्स पार्टीका संसदीय समूहका अध्यक्ष यानी माकेलाले भने ‘परम्परागत सहायक मोडल’ मा यो सांसदको व्यक्तिगत निर्णय भएपनि आफूले यस्तो नियुक्तिलाई “सिफारिस नगर्ने” हेलसिन्की सानोमातलाई बताएका छन्।

    पहिले थियो प्रतिबन्ध

    १९९० को दशकको अन्त्यतिर फिनल्यान्डमा संसदीय सहायकको व्यवस्था सुरु भएको हो। त्यसबेला सांसदहरूले यसलाई तुरुन्तै आफन्तलाई रोजगारी दिने माध्यम बनाएका थिए।

    त्यसबेला बढेको चर्को बहसपछि संसदले सहायकहरू १८ वर्षभन्दा माथि र ६५ वर्षभन्दा कम हुनुपर्ने नियम बनायो। साथै परिवारका सदस्य वा एउटै घरमा बस्ने व्यक्तिलाई नियुक्त गर्न प्रतिबन्ध लगाइएको थियो।

    तर हाल त्यो पारिवारिक प्रतिबन्धको नियम हटाइएको छ।

    संसदका प्रशासन निर्देशक पेर्ती राउहियोका अनुसार अहिले १८ वर्ष पुगेको र ‘सुरक्षा जोखिम’ नभएको जोसुकैलाई नियुक्त गर्न सकिन्छ। उनका अनुसार “भर्ती प्रक्रियालाई सुव्यवस्थित” गर्दा उक्त नियम हटाइएको हो।

    “जब सांसदहरूको विवेकमा विश्वास गर्न सकिन्छ भने किन नियम बनाएर निषेध गर्ने?” राउहियोले भने।

    फिनल्यान्डको संसदमा यस्तो अभ्यास नौलो भने होइन।

    दुई फरक मोडल

    फिनल्यान्डको संसदमा सहायक नियुक्त गर्ने दुईवटा मोडल छन्। ‘परम्परागत मोडल’ मा सांसदले सिधै सहायक छनोट गर्छन्। यो मोडल RKP, र आंशिक रूपमा फिन्स पार्टी र कोकोमुस पार्टीमा छ।

    धेरैजसो पार्टीहरू ‘समूह कार्यालय मोडल’मा गएका छन्। यसमा पार्टीको संसदीय समूहले सहायकहरूलाई भर्ती गर्छ, सांसदले आफैँ गर्दैनन्।

    सेन्टर पार्टी र सोसल डेमोक्र्याट’ (SDP) ले यो मोडल अपनाएका छन् र उनीहरूका अनुसार यसमा परिवारका सदस्यलाई नियुक्त गर्न मिल्दैन।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप