0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको शौचालयमा विदेशी मूलका पुरुषले गरे अर्का पुरुषको बलात्कार, यस्तो पाए सजाय

    शौचालयभित्र लगेर दोषीले पीडितलाई भुइँमा घुँडा टेकाएर बलात्कार गरेका थिए। पीडितले आफूलाई बचाउने र भाग्ने कोसिस गरे पनि दोषीले बल प्रयोग गरी रोकेका थिए।

    .संक्षेपमा.


    • हेलसिन्कीको मुटुमा रहेको एक भवनको शौचालयमा एक पुरुष बलात्कृत।
    • जिल्ला अदालतले दिएको सफाइलाई पुनरावेदन अदालतले उल्ट्याउँदै दोषी ठहर गर्‍यो।
    • दोषीलाई साढे दुई वर्ष जेल र पीडितलाई करिब २०,००० युरो क्षतिपूर्ति दिन आदेश।

    हेलसिन्कीको पुनरावेदन अदालतले एक पुरुषलाई अर्को पुरुषमाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।

    अदालतले विदेशी मुलका ४७ वर्षीय मारवान माजल नेजरेसलाई बलात्कारको अभियोगमा दुई वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ। साथै पीडितलाई १२,४०० युरो क्षतिपूर्ति र ७,४०० युरो अदालती खर्चसमेत तिर्न आदेश दिएको छ।

    घटना सेप्टेम्बर २०२१ मा हेलसिन्कीको केन्द्रमा रहेको माक्कारातालो भवनको शौचालयमा भएको थियो। यसअघि जिल्ला अदालतले प्रमाणको अभाव देखाउँदै अभियुक्तलाई सफाइ दिएको थियो, तर पुनरावेदन अदालतले उक्त फैसलालाई उल्ट्याएको हो।

    घटनाको सुरुवात हेलसिन्कीको मुख्य रेलवे स्टेसनबाट भएको थियो। दोषीले सुरुमा पीडितलाई आफ्नो मोबाइलमा लिंगको तस्बिर देखाउँदै यौनसम्बन्धका लागि प्रस्ताव गरेका थिए। त्यसपछि पीडित उनलाई पछ्याउँदै नजिकैको भवनको शौचालयमा पुगेका थिए।

    शौचालयभित्र लगेर दोषीले पीडितलाई भुइँमा घुँडा टेकाएर बलात्कार गरेका थिए। पीडितले आफूलाई बचाउने र भाग्ने कोसिस गरे पनि दोषीले बल प्रयोग गरी रोकेका थिए। पीडितको अनुहारमा निलडाम हुनेगरी टोकेको प्रमाण पनि अदालतमा पेस गरिएको थियो।

    घटनापछि दोषी भागेका थिए भने पीडितलाई एक सुरक्षा गार्डले शौचालयभित्र नाजुक अवस्थामा फेला पारेका थिए।

    घटनापछि दोषी भागेका थिए भने पीडितलाई एक सुरक्षा गार्डले शौचालयभित्र नाजुक अवस्थामा फेला पारेका थिए। गार्डले पीडितकी आमालाई घटनाबारे खबर गरेर घटनास्थलमा बोलाएका थिए।

    अदालतमा पीडितले आफूलाई एस्पर्जर सिन्ड्रोम (Asperger’s syndrome) भएको र त्यसकारण सामाजिक परिस्थितिमा घुलमिल हुन गाह्रो हुने बताएका थिए। दोषीले अंग्रेजी भाषामा पिडितले अस्विकार गरेको तर आफूलाई पिडितको मेडिकल अवस्थाबारे थाहा नभएको बताएका थिए। उनले पीडितले आफूसँग २०० युरो मागेको पनि बताएका थिए।

    जिल्ला अदालतले सुरुमा बल प्रयोग भएको र नियतवश करणी भएको प्रमाण नपुगेको भन्दै अभियुक्तलाई सफाइ दिएको थियो। तर सरकारी वकिल र पीडितले यस फैसलाविरुद्ध पुनरावेदन गरेका थिए।

    पुनरावेदन अदालतले भने दोषीले हिंसा प्रयोग गरेको र पीडितको सहमतिबिना करणी गरेको स्पष्ट भएको ठहर गरेको हो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप