0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा गोली लागि एक व्यक्तिको मृत्यु, हत्याको आशंकाका एक पुरुष र एक महिला पक्राउ

    हेलसिन्कीको पिक्कु हुओपलाहतीस्थित एक निजी अपार्टमेन्टमा गोली चल्दा एक व्यक्तिको मृत्यु भएको हो।

    हेलसिन्कीको पिक्कु हुओपलाहतीस्थित एक निजी अपार्टमेन्टमा बुधबार अक्टोबर १५ को मध्यरातमा एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ।

    प्रहरीले उक्त घटना हत्या भएको आशंका गरेको छ र दुई जना (एक महिला र एक पुरुषलाई) लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

    प्रहरीका अनुसार मध्यरात करिब १ बजे आपतकालीन केन्द्रमा एक निजी अपार्टमेन्टमा गोली चलेको हुन सक्ने भनी सूचना प्राप्त भएको थियो।

    सूचना पाएलगतै घटनास्थल पुगेको प्रहरी टोलीले अपार्टमेन्ट भित्र एक पुरुषको शव फेला पारेको थियो।

    मृतक सन् १९७४ मा जन्मेका पुरुष भएको प्रहरीले पहिचान गरेको छ। प्रहरीले हत्याको आशंकामा सन् १९६६ मा जन्मेका एक पुरुष र सन् १९९९ मा जन्मेकी एक महिलालाई पक्राउ गरेको छ।

    पक्राउ परेका २ जना श्रीमान श्रीमती हुन्। घटनामा पक्राउ परेका पुरूष पनि घाइते भएका थिए।

    पीडित र अभियुक्तहरू एउटै परिवारका नभए पनि एकअर्कासँग परिचित रहेको जनाइएको छ।

    प्रहरीले हाल उक्त घटनालाई हत्याको कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप