यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- निनिस्तो ईयूको विशेष दूत बन्ने बलियो सम्भावना।
- पुटिनसँगको संवाद पुन: सुरु गर्ने मुख्य उद्देश्य।
- म्याक्रोन र ईयूका शीर्ष नेताहरूले सुरु गरे संवादको पहल।
युक्रेन युद्धपछि रुस र युरोपेली युनियन (ईयु) बीच टुटेको सिधा संवाद पुनः सुरु गर्ने तयारी भइरहेको छ। यसका लागि फिनल्यान्डका पूर्वराष्ट्रपति साउली निनिस्तोलाई मध्यस्थकर्ताको रूपमा अघि सार्ने प्रबल सम्भावना देखिएको छ।
इटालियन पत्रिका ला रिपब्लिका का अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बिग्रिएको सम्बन्ध सुधार्न निनिस्तोलाई यो जिम्मेवारी दिने तयारी भइरहेको हो।
ला रिपब्लिकाका अनुसार पेरिसमा बिहीबार फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन र ईयूका शीर्ष नेताहरूबीच भएको भेटघाटमा यो विषय उठेको थियो।
म्याक्रोनले युक्रेन युद्ध अन्त्य गर्न रुससँग पुनः वार्ताको ढोका खोल्नुपर्ने विचार राख्दै आएका छन्।
यद्यपि केही सदस्य राष्ट्रहरू भने रुससँग यति चाँडै संवाद गर्ने पक्षमा छैनन्। यो प्रयास सफल भएमा यसले युरोपको सुरक्षा र युद्ध अन्त्यमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यही योजना अनुरुप म्याक्रोनका कूटनीतिक सल्लाहकार इम्मानुएल बोनले यसै साता मस्को पुगेर क्रेमलिनका सल्लाहकार युरि उसाकोभलाई भेटेका थिए।
पुटिनलाई चुनौती दिन सक्ने ‘बलियो व्यक्तित्व’ को खोजीमा ईयू रहेको बताइएको छ। पूर्व जर्मन चान्सलर एन्जेला मर्केल र इटालियन प्रधानमन्त्री मारियो ड्रागीको नाम चर्चामा आए पनि निनिस्तो शीर्ष स्थानमा छन्।
अमेरिकाले मात्र रुससँग वार्ता गर्दा युरोप पछि पर्ने हो कि भन्ने चिन्ता ईयूलाई छ। त्यसैले युरोपले आफ्नै प्रतिनिधिमार्फत वार्ता प्रक्रिया अघि बढाउन चाहेको हो।
निनिस्तोको रक्षा मामिलामा विशेष दख्खल राख्छन् र रसियन पनि बोल्छन्। यसैलाई उनको बलियो पक्ष मानिएको छ। साथै फिनल्यान्डको रुससँगको परम्परागत सम्बन्धले पनि उनलाई यो भूमिकाका लागि बलियो पात्र बनाएको छ।
निनिस्तोले यसअघि नै युरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै रुससँग सिधा कुरा गर्नुपर्ने बताएका थिए। उनले केही समयअघि मात्र ईयूका लागि नागरिक सुरक्षा सम्बन्धी प्रतिवेदन तयार पारेका थिए।
युक्रेनमा पूर्ण आक्रमण सुरु हुनुअघि उनले पुटिनसँगको सम्बन्धलाई फिनल्यान्डको सुरक्षा सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको यो कूटनीतिक अनुभवलाई अहिले युरोपेली संघले उपयोग गर्न खोजेको देखिन्छ।
निनिस्तोले सधैँ रुससँग संवादको ढोका खुल्ला राख्दै फिनल्यान्डको सुरक्षा स्वार्थलाई प्राथमिकतामा राखेका थिए।

पुटिन र निनिस्तोबीचको सम्बन्ध
साउली निनिस्तो आफ्नो राष्ट्रपतीय कार्यकालमा भ्लादिमिर पुटिनसँग खुला संवाद गर्न सक्ने सीमित पश्चिमी नेताहरूमध्ये एकमा गनिन्थे।
भ्लादिमिर पुटिन र पूर्व राष्ट्रपति साउली निनिस्तोबीचको सम्बन्ध लामो समयसम्म व्यावहारिक र कूटनीतिक रूपमा सन्तुलित रहेको थियो।
राष्ट्रपति निनिस्तोको निमन्त्रणामा पुटिन पटक-पटक फिनल्यान्ड समेत आएका थिए। सन् २०१८ को जुलाई महिनामा हेलसिन्कीमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबिचको उच्च स्तरीय वार्ताको चाँजो पनि निनिस्तोको नेतृत्वमा मिलाइएको थियो।
निनिस्तोले सधैँ रुससँग संवादको ढोका खुल्ला राख्दै फिनल्यान्डको सुरक्षा स्वार्थलाई प्राथमिकतामा राखेका थिए।
यद्यपि सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यो सम्बन्धमा नाटकीय परिवर्तन आयो।
निनिस्तोले आफ्नो आत्मवृत्तान्त पुटिनलाई फोन गरेर फिनल्यान्ड नेटोमा सामेल हुन लागेको जानकारी दिएको सम्झेका छन्।
उक्त कुराकानीमा निनिस्तोले पुटिनलाई रुसकै कारणले गर्दा फिनल्यान्डले उक्त निर्णय लिन बाध्य भएको बताएका थिए।
निनिस्तोको कुरा शान्त रूपमा सुनेका पुटिनले अन्त्यमा ‘फिनल्यान्डले गल्ती गरेको’ प्रतिक्रिया दिएका थिए।





