0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    रमेशराज भट्टराई र भूमिका गिरी युरोप टुरमा, पहिलो प्रस्तुति फिनल्यान्डमा दिने

    यो साङ्गीतिक टुर युरोपका अन्य देशहरू पोर्चुगल, स्पेन, बेल्जियम, चेक रिपब्लिक लगायतमा पनि चल्नेछ।

    .संक्षेपमा.


    • गायक रमेशराज भट्टराई र गायिका भुमिका गिरीले जुलाई महिनामा युरोप टुर गर्ने।
    • पोर्चुगल, स्पेन, र बेल्जियम लगायतका देशहरूमा पनि प्रस्तुति दिने।
    • जुलाई ५ शनिबारका दिन हेलसिन्कीको Malmin työväentalo मा पहिलो कार्यक्रम।

    हेलसिन्की, फिनल्यान्ड – “बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई” भन्ने चर्चित गीतका गायक रमेशराज भट्टराई र “चोली मैलै भो” की गायिका भूमिका गिरीले आफ्नो युरोप टुर-२०२५ को सुरुवात फिनल्यान्डबाट गर्ने भएका छन्।

    चौतारी इभेन्ट्स फिनल्यान्डको आयोजनामा हुने यो साङ्गीतिक टुरको पहिलो कार्यक्रम जुलाई ५ शनिवारका दिन हेलसिन्की स्थित Malmin työväentalo, Takaniitynkuja 9, Helsinki मा हुँदै छ।

    रमेशराज भट्टराईलाई आधुनिक तथा लोकदोहोरी गायनका क्षेत्रमा ‘बहुला गायक’ भनेर पनि चिनिन्छ। उनले बेलायत, अस्ट्रेलिया, जापान, हङकङ, दुबई जस्ता देशहरूमा प्रस्तुति दिइसकेका छन्। भट्टराईको यो पहिलो युरोप टुर हो।

    “बेहुला बनाउँछु भन्थी” का अलावा उनले “आज पनि पापी सहरमा बबाल भो”, “तिमी लास्टै राम्री छौ”, “होलीमा अरे होलीमा मेरो दिल बस्यो” लगायतका गीत गाएका छन्। गायिका भूमिका गिरी पनि उदाउँदी गायिका हुन् र विभिन्न गीतहरू गाएकी छिन्।

    आयोजक चौतारी इभेन्ट्स फिनल्यान्डका अनुसार फिनल्यान्डपछि यो साङ्गीतिक टुर युरोपका अन्य देशहरू पोर्चुगल, स्पेन, बेल्जियम, चेक रिपब्लिक लगायतमा चल्नेछ। फिनल्यान्ड बाहेक अन्य देशहरूको कार्यक्रम मिति भने अझै सार्वजनिक गरिएको छैन।

    यो टुरले युरोपमा रहेका नेपाली समुदायलाई नेपाली सङ्गीत र संस्कृतिको नजिक ल्याउने विश्वास गरेको चौतारी इभेन्ट्सका विष्णु अर्यालले नेपालीलाइनेनलाई बताए।

    उक्त कार्यक्रममा प्रवेश शुल्क प्रतिव्यक्ति १५ युरो लाग्ने र १० वर्ष मुनिका बच्चाहरूलाई कुनै प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली खानाको स्टल पनि हुनेछ भने प्रवेश शुल्क Edenred, ePassi, Smartum र MobilePay बाट पनि खरिद गर्न सकिने छ। केही थप जानकारी चाहिएमा फोन नम्बर +358456659911 मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

    यो गायक भट्टराई र गायीका गिरीको पहिलो युरोप टुर हो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप