.संक्षेपमा.
- ‘हाम्रो इभेन्ट्स’ले आफ्नो पहिलो कार्यक्रमको रुपमा साईग्रेसलाई प्रस्तुत गर्दै।
- साईग्रेस पोखरेल नेपाली युवाहरू बिच निकै लोकप्रिय छन्।
- कार्यक्रम २५ अक्टोबर २०२५ मा आयोजना हुने।
मौलिक नेपाली कार्यक्रमहरू आयोजना गर्ने उद्देश्यका साथ फिनल्यान्डमा हालै खुलेको ‘हाम्रो इभेन्ट्स’ कम्पनीले आफ्नो पहिलो कार्यक्रमको रूपमा चर्चित कथा वाचक साईग्रेस पोखरेललाई प्रस्तुत गर्ने भएको छ।
यो कार्यक्रम २५ अक्टोबर २०२५ मा हुने कम्पनीले जनाएको छ। कार्यक्रमको स्थान र अन्य विवरणहरू भने केही समयपछि सार्वजनिक गरिने बताइएको छ।
‘नाम नै काफी छ’ भन्दै आयोजकले साईग्रेसको आगमनको घोषणा गरेको हो। उनको प्रस्तुतिले फिनल्यान्डमा बस्ने नेपालीहरूलाई फरक किसिमको साहित्यिक मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
को हुन साईग्रेस?
साईग्रेस पोखरेलको वास्तविक नाम सन्तोष पोखरेल हो। उनी नेपालका एक लोकप्रिय कथा वाचक र कथाकार हुन्। उनी आफ्ना मनछुने कथाहरू र प्रस्तुतिको लागि परिचित छन्।
सामाजिक सञ्जालमा उनका कथाहरू लाखौँले हेरेका र सुनेका छन्। उनले क्यानडा, अष्ट्रेलिया, र युरोपका विभिन्न मुलुकहरूमा प्रस्तुति दिइसकेका छन्।
उनी चलचित्र निर्माण र भिडियो उत्पादनमा पनि सक्रिय छन्। उनी चलचित्रमा अभिनेताको रूपमा पनि छिट्टै ‘डेब्यु’ गर्दै छन्।





