0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    चर्चित लोक गायिका शान्तिश्री परियार हेलसिन्कीमा, आज साँझ प्रस्तुति दिने

    युरोप भ्रमणको क्रममा फिनल्यान्ड आइपुगेकी परियारले आज हेलसिन्कीमा आफ्नो सांगीतिक प्रस्तुति दिँदैछिन्।

    .संक्षेपमा.


    • ‘अरली काँडैले’, ‘गल्बन्दी’ र ‘बोल माया’ जस्ता चर्चित गीतकी गायिका हेलसिन्कीमा।
    • मामा इभेन्ट्सको आयोजना, १० वर्ष मुनिकालाई निःशुल्क प्रवेश।
    • लाइभ कार्यक्रम आज साँझ हेलसिन्कीको पुओतिलामा।

    नेपाली लोक संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी लोकप्रिय गायिका शान्तिश्री परियारले आज साँझ हेलसिन्कीमा आफ्नो आवाजको जादू छर्नेछिन्। कार्यक्रमका लागि परियार हेलसिन्की आइसकेकी छिन्।

    मामा इभेन्ट्सको आयोजनामा हुन लागेको ‘शान्तिश्री लाइभ इन हेलसिन्की’ कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ।

    परियार अहिले युरोप टुरका क्रममा छिन्। विभिन्न मुलुकमा प्रस्तुति दिएपछि अहिले फिनल्यान्ड आइपुगेकी हुन्।

    हेलसिन्कीको पुओतिलास्थित Vartiokylän Työväentalo मा आयोजना हुने कार्यक्रम साँझ ५:३० बजेबाट सुरु हुनेछ। कार्यक्रमस्थल पुओतिला मेट्रो स्टेसनबाट नजिकै रहेकोले सहभागीहरूलाई आवतजावतमा सहज हुने आयोजकले जनाएको छ।

    आयोजकका अनुसार १० वर्षभन्दा कम उमेरका बालबालिकाका लागि प्रवेश निःशुल्क गरिएको छ भने परिवार र समूहमा आउनेहरूका लागि टिकटमा छुटको व्यवस्था छ। कार्यक्रम स्थलमा गाडी पार्किङको पनि निःशुल्क व्यवस्था रहेको छ।

    यो सांगीतिक कार्यक्रमलाई सोलु मार्केट, प्रकाश ढकाल, भिल्ला नेपाल रेस्टुरेन्ट र २४आरडी इभेन्ट्सले सहयोग गरेका छन्।

    को हुन् परियार?

    रोल्पाको एक सामान्य परिवारमा जन्मिएकी ३६ वर्षे परियारले लामो संघर्षपछि नेपाली संगीत क्षेत्रमा आफूलाई स्थापित गरेकी हुन्।

    प्रकाश सपुतको ‘बोल माया’ गीतबाट व्यापक चर्चामा आएकी उनले त्यसपछि ‘गल्बन्दी’, ‘बसौं अलग्गै’, ‘कुरा बुझ्न पर्छ’ जस्ता कैयौं गीतहरू दर्शक-श्रोतालाई दिएकी छिन्।

    उनले अहिलेसम्म तीन हजार भन्दा बढी गित रेकर्ड गरेकी छन्। उनका गीतहरू युट्युबमा करोडौं पटक हेरिएको छ। उनको ‘अरली काँडैले’ भन्ने गीत पनि निकै चर्चित छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप