0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    समावेशी नीति त्याग्न ट्रम्प प्रशासनले फिनल्यान्डलाई दबाब दिएको पुष्टि

    हेलसिन्कीस्थित अमेरिकी दूतावासको यो जानकारी स्टकहोमबाट प्राप्त समाचार पछि आएको हो। स्टकहोमको अमेरिकी दूतावासले आफ्ना साझेदारहरूलाई सहयोग कायम राख्न चाहेमा DEI कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएको थियो।

    .संक्षेपमा.


    • ट्रम्प प्रशासनले फिनल्यान्डलाई आफ्नो विविधता, समानता र समावेशीकरण (DEI) विरोधी नीतिसँग पङ्क्तिबद्ध हुन दबाब दिएको पुष्टि भएको छ। 
    • अमेरिकी कूटनीतिक नियोगहरूसँग साझेदारी गर्न चाहने संस्थाहरूले अमेरिकी प्रशासनको भेदभाव विरोधी दिशानिर्देशहरूको पालना गरे/नगरेको खुलाउनु पर्ने।
    • यो कदम ट्रम्पको “वोक विचारधारा” को रूपमा चित्रण गरिएको DEI अभ्यासलाई फिर्ता लिने बृहत्तर प्रयासको हिस्सा हो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विविधता, समानता र समावेशीकरण (DEI) नीतिहरूलाई अस्वीकार गर्ने आफ्नो अडान फिनल्याण्डमा पनि विस्तार गर्न खोजेको पुष्टी भएको छ।

    हेलसिन्कीस्थित अमेरिकी दूतावासले फिनिस मिडिया Iltalehti लाई दिएको जानकारीमा अमेरिकी कूटनीतिक नियोगहरूसँग साझेदारी गर्ने कुनै पनि संस्थाले ट्रम्प प्रशासनको भेदभाव विरोधी (DEI विरोधी) दिशानिर्देशहरूप्रति आफ्नो धारणा स्पष्ट पार्नुपर्छ भनेको छ।

    यस्ता कदमद्वारा ट्रम्पले “वोक विचारधारा” भनी आलोचना गर्ने DEI अभ्यासहरूलाई विश्वव्यापी रूपमा निरुत्साहित गर्न खोजेको जस्तो देखिएको विज्ञहरूले बताएका छन्।

    दूतावासले अमेरिकी कानून सामान्यतया विदेशी संस्थाहरूमा लागू नहुने स्पष्ट पारे तापनि सहयोगी संस्थाहरूले यी नीतिहरूप्रति आफ्नो धारणा स्वीकार गर्नुपर्ने हुन सक्ने उल्लेख गरेको छ।

    हेलसिन्कीस्थित अमेरिकी दूतावासको यो जानकारी स्टकहोमबाट प्राप्त समाचार पछि आएको हो। स्टकहोमको अमेरिकी दूतावासले आफ्ना साझेदारहरूलाई सहयोग कायम राख्न चाहेमा DEI कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएको थियो। यस्तै मागहरू फ्रान्स, बेल्जियम र बार्सिलोनास्थित अमेरिकी कूटनीतिक नियोगहरूले पनि गरेको समाचार आएका छन्।

    के हो DEI?

    DEI को अर्थ विविधता (Diversity), समानता/समता (Equity), र समावेशीकरण (Inclusion) हो। विविधता भन्नाले कुनै पनि संस्था वा समूहमा विभिन्न पृष्ठभूमि, जाति, लिंग, धर्म, क्षमता, यौनिक झुकाव आदि भएका व्यक्तिहरूको उपस्थिति बुझिन्छ।समानता/समता ले सबैलाई निष्पक्ष व्यवहार र अवसर प्रदान गर्ने कुरामा जोड दिन्छ। जसले गर्दा हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार सफल हुनका लागि स्रोत र अवसर पाउँछन्। यसले सबैको सुरुवात एउटै नहुने कुरालाई स्वीकार्छ।समावेशीकरण भनेको हरेक व्यक्तिले आफूलाई स्वागतयोग्य, सम्मानित, समर्थित र मूल्यवान महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु हो। यस्तो अवस्थामा सबैले पूर्ण रूपमा सहभागी हुन पाउँछन्। समग्रमा, DEI ले सबैका लागि निष्पक्ष र सम्मानजनक वातावरण बनाउने लक्ष्य राख्छ।

    DEI संरचनाहरू सामान्यतया कार्यस्थलहरूमा विविधता प्रवर्द्धन गर्न, भेदभाव रोक्न र समावेशीकरणलाई बढावा दिन प्रयोग गरिन्छ। ट्रम्प प्रशासनले यस्ता कार्यक्रमहरूलाई राजनीतिक रूपमा प्रेरित र वैचारिक रूपमा पक्षपाती भन्दै कडा विरोध गर्दै आएको छ।

    ट्रम्पको नेतृत्वमा अमेरिकाले लैंगिक समानता, जलवायु परिवर्तन र घृणापूर्ण भाषण रोकथामसम्बन्धी संयुक्त राष्ट्रसंघका केही प्रस्तावहरूलाई समर्थन गर्न अस्वीकार गरेको छ। अमेरिकाले प्रगतिशील अन्तर्राष्ट्रिय पहलहरूबाट व्यापक रूपमा पछि हट्ने संकेत गरेको छ।

    ट्रम्पले ‘वोक’ संस्कृतिको पनि बिरोध गर्दै आएका छन्। अंग्रजीको “woke” शब्द मूल रूपमा सामाजिक अन्यायबारे सचेतता जनाउन प्रयोग गरिएको थियो। तर ट्रम्पको राजनीतिक शब्दावलीमा यो वामपन्थी पहिचानको राजनीति र वैचारिक अतिक्रमणको रूपमा लिइने नीतिहरूको लागि एक साझा लेबल बनेको छ।

    ट्रम्प प्रशासनले आफ्नो घरेलु नीतिगत प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा फिनल्याण्डजस्ता परम्परागत रूपमा नजिकका सहयोगीहरूसँगको सम्बन्धमा समेत लागु गर्न खोजेको यो घटनाले स्पष्ट पार्छ।

    यो शब्द हालैका वर्षहरूमा फिनिस सार्वजनिक बहसमा प्रवेश गरे तापनि यसको अमेरिकी सांस्कृतिक र राजनीतिक सन्दर्भ सीधै अनुवाद हुँदैन। फिनल्याण्डमा यो अवधारणा अझ खुकुलो रूपमा राजनीतिक रूपमा कम प्रयोग गरिएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप