0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको कालायोकीमा डुबेर मृत्यु भएका तीन किशोर विदेशी मूलका भएको पुष्टि

    फिनल्यान्डको कालायोकीस्थित Hiekkasärkät समुद्री तटमा गत शुक्रबार भएको एक हृदयविदारक दुर्घटनामा डुबेर बेपत्ता भएका तीनै किशोरको मृत्यु भएको छ।

    प्रहरीले शनिबार राति तेस्रो शव फेला पारेसँगै यो दुःखद घटनाको पुष्टि गरेको हो। मृत्यु हुने सबै किशोर फिनल्यान्डमा बसोबास गर्दै आएका विदेशी मूलका भएको प्रहरीले जनाएको छ।

    ओउलु प्रहरी विभागका अनुसार शुक्रबार दिउँसो तीन किशोर बल खेल्दै पौडी खेल्ने क्रममा किनारबाट करिब १०० मिटर टाढा पुगेका थिए। अचानक पानीको गहिराइ बढेको ठाउँमा पुगेपछि उनीहरु डुब्न थालेको अनुमान गरिएको छ।

    प्रत्यक्षदर्शीहरूले उनीहरू मद्दतका लागि अंग्रेजीमा चिच्याएको सुनेका थिए र केहीले स्ट्यान्ड-अप प्याडलबोर्डको सहायताले उद्धारको प्रयास गरे पनि सफल हुन भने सकेनन्।


    शुक्रबार साँझ दुई जना किशोरको शव फेला परेको थियो। हराइरहेका तेस्रो किशोरको खोजी कार्य शनिबार पनि जारी राखिएको थियो। अन्ततः शनिबार राति करिब ११ बजे स्वयंसेवक गोताखोरहरूको सहयोगमा तेस्रो शव पनि फेला परेको थियो। मृतकहरू सन् २००८ र २००९ मा जन्मेका थिए।


    प्रहरीले घटनामा कुनै आपराधिक संलग्नता नरहेको र यसलाई दुःखद दुर्घटनाको रूपमा अनुसन्धान गरिरहेको बताएको छ।

    अनुसन्धानका प्रमुख यान सोरमुनेनले समुद्री तटको विशाल क्षेत्र, पानीमुनिका अवरोधहरू र समुद्री छालका कारण खोजी कार्य चुनौतीपूर्ण रहेको बताए।

    Hiekkasärkätवसमुद्री तट बालुवाको ढिस्को र अचानक आउने गहिरो पानीका कारण खतरनाक मानिन्छ।


    यो दुःखद घटनापछि स्थानीय समुदाय र पर्यटकहरूले घटनास्थलमा मैनबत्ती बालेर र फूल चढाएर मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। कालायोकी शहर र स्थानीय निकायहरूले प्रभावित परिवार तथा समुदायलाई मनोवैज्ञानिक सहयोग उपलब्ध गराइरहेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप