संग्रह गर्नुहोस्।
संग्रहित

नेपाली नयाँवर्षको अवसरमा हेलसिन्कीमा शुभकामना आदान-प्रदान कार्यक्रम हुने

यसपटकको नयाँ वर्ष कार्यक्रम व्यवस्थित, आकर्षक र सहभागीमूलक बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।

फिनल्यान्डमा बसोबास गर्दै आएका नेपालीहरूको संस्था फिनिस नेपाली समाजले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजकी महासचिव निरूता भट्टराईले नेपालीलाइनेनलाई बताए अनुसार कार्यक्रम आगामी शुक्रवार १० अप्रिलका दिन हेलसिन्कीस्थित Malmin työväentalo मा आयोजना हुनेछ।

उनका अनुसार कार्यक्रम साँझ ५ बजेदेखि बेलुका ९ बजेसम्म चल्नेछ।

कार्यक्रममा नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने विभिन्न प्रस्तुतिहरू समावेश गरिनेछन्। नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै स्थानीय कलाकारहरूद्वारा नृत्य प्रस्तुति, फिनल्यान्डको चर्चित भजन तथा MRR भजन प्रस्तुति गरिने कार्यक्रम छ।

आयोजकका अनुसार उक्त कार्यक्रममार्फत फिनल्यान्डमा रहेका नेपालीहरूबिच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।

महासचिव भट्टराईले कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहने जानकारी दिँदै नेपाली समुदायका सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्षलाई सामूहिक रूपमा उत्साह र उमङ्गका साथ मनाउन आग्रह गरिन्।

फिनिस नेपाली समाज फिनल्यान्डमा सक्रिय नेपाली सामाजिक संस्थाहरूमध्ये पुरानो र सक्रिय संस्था मानिन्छ। समाजले विगतदेखि समय समयमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ भने हरेक वर्ष गर्मी याममा समर पिकनिक जस्ता कार्यक्रमहरू समेत आयोजना गर्दै आएको छ।

नेपालमा हुने बाढी, आगलागी लगायतका प्राकृतिक विपत्तिमा परेका पीडितहरूलाई पनि समाजले सहयोग गर्दै आएको छ।

यस पटकको नयाँ वर्ष कार्यक्रम व्यवस्थित, आकर्षक र सहभागीमूलक बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप