यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- छिटो निदानले राम्रो ग्रेड र उच्च शिक्षाको अवसर बढाउने।
- छोरा र छोरीमा ADHD को लक्षण फरक उमेरमा देखिने।
- ढिलो पहिचानले विद्यालय छोड्ने र बेरोजगारीको जोखिम निम्त्याउने।
हेलसिन्की विश्वविद्यालयको एक नयाँ अध्ययनले ADHD (Attention Deficit Hyperactivity Disorder) को समयमै पहिचान हुनु बालबालिकाको शैक्षिक भविष्यका लागि निकै महत्त्वपूर्ण हुने देखाएको छ।
अनुसन्धानका अनुसार छिटो निदान भएका विद्यार्थीहरूले विद्यालयमा राम्रो नतिजा ल्याउने र बीचैमा पढाइ छोड्ने सम्भावना कम हुने गर्छ।
यो अध्ययनमा सन् १९९० देखि १९९९ सम्म फिनल्यान्डमा जन्मिएका ५ लाख ८० हजार १३२ जना व्यक्तिलाई २० वर्षको उमेरसम्म पछ्याइएको थियो।
अनुसन्धानकर्ताहरूले ४ देखि २० वर्षको उमेरबीच ADHD को औषधि वा उपचार सुरु गरेका आधारमा उनीहरूको प्रगतिको विश्लेषण गरेका हुन्।
अध्ययनले केटाहरूको ADHD निदान प्रायः विद्यालयको सुरुवाती वर्षहरूमा नै हुने गरेको फेला पारेको छ। तर केटीहरूमा भने १३ वर्षको उमेरपछि मात्र यसको लक्षण पहिचान हुने दर बढ्ने गरेको देखिएको छ।
हेलसिन्की विश्वविद्यालयकी शोधकर्ता लोत्ता भोलोतिनेनका अनुसार केटाहरूमा देखिने बढी सक्रियता र चञ्चले स्वभाव सजिलै चिनिन्छ। तर केटीहरूमा ADHD का लक्षणहरू शान्त र कम स्पष्ट हुने भएकाले उनीहरूको पहिचान ढिलो हुने गर्छ।
समयमै पहिचान भएका विद्यार्थीहरूको तुलनामा माध्यमिक विद्यालयको अन्त्यतिर मात्र ADHD पत्ता लागेकाहरूको शैक्षिक नतिजा सबैभन्दा कमजोर पाइयो। उनीहरूमध्ये झण्डै एक तिहाइले २० वर्षको उमेरसम्म माध्यमिक तहको शिक्षा पनि पूरा नगरेको देखियो।
ढिलो निदानले युवाहरूमा भविष्यमा बेरोजगारी र सामाजिक एक्लोपनको जोखिम बढाउन सक्ने अध्ययनले चेतावनी दिएको छ।
भोलोतिनेनले विशेषगरी माध्यमिक विद्यालयको उमेरमा ADHD पहिचान भएका युवाहरूलाई थप शैक्षिक सहयोगको आवश्यकता पर्ने बताइन्।
यो अनुसन्धान प्रसिद्ध जर्नल JAMA Psychiatry मा प्रकाशित भएको छ।
ढिलो निदानले युवाहरूमा भविष्यमा बेरोजगारी र सामाजिक एक्लोपनको जोखिम बढाउन सक्ने अध्ययनले चेतावनी दिएको छ।
के हो ADHD?
ADHD भनेको ध्यान केन्द्रित गर्न गाह्रो हुने, अति सक्रिय हुने र आवेगमा काम गर्ने एक प्रकारको न्युरो-डेभलपमेन्टल अवस्था हो।
फिनल्यान्डमा विद्यालय र स्वास्थ्य केन्द्रहरूले यस्ता समस्या भएका बालबालिकालाई निःशुल्क परामर्श र सहयोग प्रदान गर्छन्।
फिनल्यान्डमा खासगरि विदेशी मुलका बालबालीकामा ADHD को समस्या उच्च रहेको विभिन्न अध्ययनले देखाएका छन्।
यदि नेपाली अभिभावकहरूलाई आफ्ना बालबालिकाको व्यवहार वा पढाइमा समस्या भएको महसुस भएमा, उनीहरूले स्थानीय नेउभोला वा विद्यालयका नर्ससँग परामर्श गर्न सक्छन्।





