संक्षेपमा
- हेलसिन्कीको क्रुनुभुओरेनरान्तास्थित समुद्रमा बेवारिसे शव भेटियो।
- मे महिनादेखि बेपत्ता १८ वर्षीय भारतीय विद्यार्थीको खोजी जारी।
- प्रहरीद्वारा शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान सुरु।
हेलसिन्कीस्थित क्रुनुभुओरेनरान्तास्थित समुद्रमा बिहीबार साँझ एक बेवारिसे शव फेला परेको छ। फिनल्यान्डको सीमा सुरक्षा बलका गोताखोरले साँझपख उक्त शव समुद्रबाट बाहिर निकालेका हुन्।
फिनल्यान्डमा अपराध अनुसन्धान गर्ने उच्च निकाय KRP ले गत मे महिनादेखि हराइरहेका १८ वर्षीय भारतीय विद्यार्थी मनिदिप रेड्डी गुज्जाको सोही क्षेत्रमा खोजी गरिरहेको थियो।
उक्त खोजी कार्यमा हेलसिन्की प्रहरी र फिनल्यान्डको खाडी तटरक्षक बलले पनि सहयोग गरेका थिए।
फेला परेको शवको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीले मृतकको पहिचान खुलाउन र मृत्युको कारणबारे अनुसन्धान अघि बढाएको छ।
बेपत्ता भएका ती भारतीय विद्यार्थी लाह्तीमा अध्ययनरत थिए। उनी मे ५ तारिखका दिन क्रुनुभुओरेनरान्ताको के-मार्केटमा देखिएका थिए।
उनी मे ५ को साँझ ५ बजेतिर Z ट्रेन चढेर हेलसिन्की आएका थिए। हालसम्म गुज्जाको बेपत्ता प्रकरणमा कुनै आपराधिक गतिविधिको आशंका गरिएको छैन।
यो पनि पढ्नुहोस्।








