.संक्षेपमा.
- अष्ट्रियाको जेजेले ४३६ अंक प्राप्त गरी प्रतियोगिता जित्यो।
- फिनल्यान्डकी एरिका भिकम्यानले “ICH KOMME” गीत प्रस्तुत गरिन्।
- २६ देशले भाग लिएको फाइनलमा फिनल्यान्डले ११औं स्थान हासिल गर्यो।
स्विट्जरल्यान्डको बासेल शहरमा सम्पन्न यूरोभिजन सङ्गीत प्रतियोगिता २०२५ को फाइनलमा अष्ट्रियाको जेजेले विजेताको उपाधि हात पारेको छ। फिनल्यान्डकी प्रतिनिधि एरिका भिकम्यानले आफ्नो “ICH KOMME” गीतमार्फत १९६ अंक प्राप्त गरी ११औं स्थान हासिल गरिन्।
एरिकालाई जित्न सक्ने प्रतियोगीको रूपमा प्रचार गरिए पनि अन्तिम नतिजा अनपेक्षित आएको हो।
स्वीडेनको तर्फबाट भाग लिएका तर फिनल्याण्डका KAJ चाहिँ चौथो भए। प्रतियोगितामा इजरायल दोस्रो र इस्टोनीया तेस्रो भएका थिए।

एरिकालाई जित्न सक्ने प्रतियोगीको रूपमा प्रचार गरिए पनि अन्तिम नतिजा अनपेक्षित आएको हो।
एरिका भिकम्यानले नतिजाबारे अहिलेलाई केही भनेकी छैनन्। उनले सोसल मिडियामा पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्।





