0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्ड पठाउने कन्सल्टेन्सीको ठगी धन्दाः झुटा आश्वासन, विद्यार्थीसँग चर्को पैसा असुली

    रोजगारी र सामाजिक सुरक्षाको झूटो आश्वासन दिएर एक भारतीय कन्सल्टेन्सीले फिनल्यान्ड आउन चाहनेहरूलाई ठगिरहेको खुलासा भएको छ।

    .संक्षेपमा.


    • रोजगारी र सरकारी भत्ताको झूटो आश्वासन दिई विद्यार्थी र परिवारलाई ठगियो।
    • ठगिएका परिवारहरू आफ्नो सबै बचत गुमाएर भारत फर्कन बाध्य।
    • कन्सल्टेन्सी प्रयोग गर्नेलाई होसियार रहन सुझाव।

    भारतको एक कन्सल्टेन्सीले फिनल्यान्डमा राम्रो जीवन र रोजगारीको सपना देखाएर मानिसहरूलाई ठगी गरिरहेको खुलासा भएको छ।

    “एडु फिन” (Edu Finn) नामक उक्त कन्सल्टेन्सीले काम नपाएमा फिनल्यान्ड सरकारबाट सामाजिक सुरक्षा भत्ता पाइने र कुनै समस्या नहुने जस्ता झुटा आश्वास्न दिएर मानिसहरूलाई आकर्षित गरिरहेको पाइएको छ।

    फिनिस भाषाको इल्तालेह्ती लगायतका पत्रिकाले यो समस्या पछिल्लो समय बढ्दै गएका बारे प्रमुखकताका साथ समाचार लेखेका छन्।

    इल्तालेह्ती पत्रिकाले भारतीय नागरिक रविन्दरप्रीत कौरको परिवारको भोगाइमा आधारित भएर एउटा स्टोरी लेखेको छ।

    पत्रिकाका अनुसार उनी आफ्ना श्रीमान् कुलदीप सिंह र तीन वर्षीया छोरीसँगै भारतको अमृतसारबाट फिनल्यान्ड आएकी थिइन्। उनले ताम्पेरे विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना भएकी थिइन्, तर उनको श्रीमानलाई कन्सल्टेन्सीले भनेजस्तो काम दिलाउन सकेन।

    कन्सल्टेन्सीले उनीहरूलाई काम नभएमा सरकारले आर्थिक सहयोग गर्ने आश्वासन दिएको थियो। तर विद्यार्थी भिसामा आश्रित भएर आउने परिवारका सदस्यहरू फिनल्यान्डमा सबै सामाजिक सुरक्षाको हकदार हुँदैनन्।

    आफूसँग भएको सबै बचत सकेपछि कौरको परिवारसँग भारत फर्कनुको विकल्प रहेन।

    आफूसँग भएको सबै बचत सकेपछि कौरको परिवारसँग भारत फर्कनुको विकल्प रहेन।

    “एडु फिनले हामीलाई धोका दियो,” कौरले भनेकी छिन्। “हामीले उनीहरूलाई २,५०० युरोभन्दा बढी तिर्यौं, तर उनीहरूले भनेको कुनै पनि कुरा पूरा भएन।”

    कौरको परिवारजस्तै पन्जाबका रजत आर्यको कथा पनि उस्तै छ। उनी पनि आफ्नी श्रीमतीको विद्यार्थी भिसामा फिनल्यान्ड आएका थिए। उनलाई पनि कन्सल्टेन्सीले कामको ग्यारेन्टी दिएको थियो, तर महिनौंसम्म बेरोजगार बस्नु परेपछि उनी पनि भारत फर्कने सोचमा छन्।

    “एडु फिन” ले आफ्नो वेबसाइटमा फिनल्यान्डलाई “संसारको सबैभन्दा सुन्दर र खुसी देशहरू मध्ये एक” भनेर विज्ञापन गर्छ। उसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सजिलै स्थायी बसोबास अनुमति पाउने जस्ता भ्रामक जानकारी पनि दिने गरेको छ।

    नयाँ दिल्लीस्थित फिनल्यान्डको दूतावास यस्ता ठगीहरूबारे जानकार रहेको बताएको छ। दूतावासका कन्सुलर योहान्ना मान्नीका अनुसार धेरै मानिसहरू फिनल्यान्डमा अध्ययन गर्ने प्रक्रियाबारे जानकार नहुँदा र एजेन्टहरूले झूटो आश्वासन दिँदा यस्ता ठगीको शिकार हुने गरेका छन्।

    भारतमा जस्तै नेपालमा पनि कन्सल्टेन्सीको प्रयोग गरेर अध्ययन गर्न आउने चलन छ। बेलाबेलामा नेपाली विद्यार्थीहरूले समेत कन्सल्टेन्सीले झुटा आश्वासन दिने गरेको बताउने गरेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप