0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा बिजुलीको भाउ आकासियो, कारण छ यस्तो

    अत्यधिक चिसो र हावाको गति कम भएका कारण बिजुलीको मूल्यमा रेकर्ड वृद्धि भएको हो।

    संक्षेपमा


    • औसत मूल्य प्रतियुनिट ३८ सेन्टभन्दा माथि पुग्यो।
    • बिहान ८ बजेअघि शुल्क प्रतियुनिट ६१ सेन्ट नाघ्यो।
    • चिसो र शान्त मौसमका कारण वायु ऊर्जा घट्दा भाउ झनै बढ्यो ।

    फिनल्यान्डमा सोमबार बिजुलीको मूल्य यो हिउँदकै उच्च बिन्दुमा पुगेको छ। अत्यधिक चिसो, हावाको कम गति र बढ्दो मागका कारण उपभोक्ताले महँगो शुल्क तिर्नुपर्ने भएको हो।

    करसहितको औसत ‘स्पट’ मूल्य सोमबार प्रतियुनिट ३८ सेन्टभन्दा माथि रहेको छ। यो अघिल्ला दिनहरूको तुलनामा निकै धेरै हो।

    खासगरि बिहानको समयमा मूल्यमा तीव्र वृद्धि देखिएको छ। बिहान ७:४५ देखि ८:०० बजेसम्म बिजुलीको मूल्य ६१.२३ सेन्ट प्रति किलोवाट घण्टा पुगेको छ।

    बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मूल्य ५० सेन्टभन्दा माथि नै रहनेछ।

    राति ९ बजेपछि मात्र बिजुलीको मूल्य ४० सेन्टभन्दा तल झर्ने अनुमान छ।

    किन बढ्यो बिजुलीको भाउ?

    अहिले फिनल्यान्डमा हावा कम चल्दा विन्ड टर्बाइनहरूले पर्याप्त ऊर्जा उत्पादन गर्न सकेका छैनन्।

    धैरे चिसोका कारण विन्ड टर्बाइनका ब्लेडहरूमा हिउँ जम्दा उत्पादन अझै घटेको छ। आइतबारको तुलनामा सोमबारको बजार मूल्य कैयौँ गुणा महँगो देखिएको छ।

    मौसम विभागका अनुसार फिनल्यान्डभरि चिसो निकै बढेको छ। हेलसिन्की क्षेत्रमा बिहानको तापक्रम माइनस २८ डिग्री सेल्सियससम्म झरेको छ।

    जनवरी महिनाको बिजुलीको औसत मूल्य गत वर्षको तुलनामा दोब्बर बढी देखिएको छ।

    गत वर्ष जनवरीमा बिजुलीको औसत मूल्य ७ सेन्टभन्दा कम थियो। यो वर्ष बढेर १४.७ सेन्ट पुगेको छ।

    फिनल्यान्डमा धेरैजसो घरहरू बिजुलीबाट तताइन्छ।

    विज्ञहरूले बिहान ८ देखि १० र बेलुका ४ देखि ८ बजेको व्यस्त समयमा वासिङ मेसिन वा ओभन जस्ता धेरै बिजुली खपत हुने उपकरणहरू प्रयोग नगर्न सल्लाह दिएका छन्।

    चिसो समयमा कोठाको तापक्रम १ डिग्री मात्र घटाउँदा पनि बिजुलीको बिलमा ५ प्रतिशतसम्म बचत गर्न सकिन्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप