यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
फिनल्यान्डमा देश छाड्न आदेश पाएका व्यक्तिहरूलाई स्वेच्छाले फिनल्यान्ड छाडे दिइने रकम रकम बढाएपछि आफ्नो देश फर्कने विदेशीहरूको सङ्ख्या बढेको फिनिस अध्यागमन विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ।
फिनल्यान्डबाट देश छाड्ने आदेश पाएकाले स्वेच्छाले छाडे प्रतिव्यक्ति ५,३०० युरो सम्मको सहयोग पाउँछन्। मानव तस्करीको फन्दामा परेर फिनल्यान्ड आइपुगेका तर आफ्नै मुलुकमा फर्कन चाहनेले पनि यस्तो सहयोग पाउने फिनल्यान्डको गृह मन्त्रालयले उल्लेख गरेको छ।
शरणार्थीको निवेदन दिए पनि शरणार्थी मान्यता नपाएकाले समेत स्वैच्छिक रूपमा आफ्नो देश फर्केन हजारौँ युरो नगद सहयोग पाउने गरेका छन्।
गत वर्षदेखि यो कार्यक्रम अन्तर्गतको अनुदान एक कुख्यात अपराधीले पनि लिन सक्ने समाचारपछि चर्चामा आएको हो।
गृह मन्त्रालयको नियम अनुसार फिनिस अध्यागमन एजेन्सी अर्थात् मिग्रीले यो सहायता वितरण गर्दछ। यो कार्यक्रम स्वेच्छाले आफ्नो देश फर्कन चाहने शरणार्थीहरूका लागि लक्षित गरिएको हो।
प्रधानमन्त्री पेत्तेरी ओर्पोको सरकारले गतवर्ष यस्तो अनुदान रकम झनै बढाउने निर्णय गरेको थियो।
रकम लिएर फिनल्यान्ड छाड्ने बढे
अध्यागमन एजेन्सीका अनुसार सन् २०२४ मा २६२ जनाले पुनर्मिलनका लागि आर्थिक सहायता प्राप्त गरेका थिए। यो सङ्ख्या अघिल्लो वर्ष (२०२३ मा) केवल १७४ थियो। गत वर्ष यस कार्यक्रममा करिब ६ लाख युरो खर्च भएको थियो।
सहायता लिनेमध्ये सबैभन्दा ठुलो समूहले ५,३०० युरो प्राप्त गरेको छ। गत वर्ष सहायता लिनेमध्ये ३७ प्रतिशतले प्रतिव्यक्ति ५,३०० युरो प्राप्त गरेका थिए।
यो रकम आफ्नो शरण निवेदनमा पहिलो नकारात्मक निर्णय आएको ३० दिनभित्र फिर्ताको लागि आवेदन दिनेहरूले पाउँछन्। अन्य अवस्थामा २,००० युरो प्रदान गरिन्छ।
मिलान जाफ नामक एक कुख्यात अपराधीले पनि देश छाड्नका लागि हजारौँ युरो सहायता पाउन सक्ने भनेर केही समय अगाडी फिनल्यान्डका पत्रपत्रिकाले समाचार लेखेका थिए। यद्यपी जाफले पछि फिनल्यान्डमै बसेर देश-निकालाको आदेशका विरुद्ध अदालतमा अपील गर्ने निर्णय गरेका थिए।
हत्या प्रयास र बलात्कार जस्ता गम्भीर अपराधमा दोषी पाइएपछि अध्यागमन एजेन्सीले जाफलाई देश निकाला गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री पेत्तेरी ओर्पोको सरकारले मानिसहरूलाई छिटो देश छाड्न र शरणको निर्णयविरुद्ध अपिल नगर्न प्रोत्साहन गर्न गतवर्ष अनुदान रकम बढाउने निर्णय गरेको थियो।
गृह मन्त्रालयकी एक विशेषज्ञ नीना लापेरीका अनुसार अनुदान रकम बढाएपछि स्वेच्छाले देश छाड्नेहरूको सङ्ख्या बढ्न थालेको छ।








