संग्रह गर्नुहोस्।
संग्रहित

भान्तामा कालो दिन: भीषण आगलागीमा एकै परिवारका पाँचको मृत्यु, अपराधको आशङ्का

भान्ताको पाहकिनारिन्नेमा भएको आगलागीमा दुई बालबालिका सहित एकै परिवारका पाँच जनाको ज्यान गएको छ भने प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • आगलागीमा दुई नाबालक सहित पाँच जनाको ज्यान गएको पुष्टि।
  • घटनामा आपराधिक संलग्नताको आशंकामा एक पक्राउ।
  • भवनबाट ५७ जनालाई सुरक्षित स्थानमा सारियो।

पछिल्लो अपडेटः प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारीका अनुसार अभियुक्त आफै प्रहरीकोमा आएर घटना आफुले गराएको बताएका थिए। प्रहरीका अनुसार उनी ७० वर्षीय स्थानीय फिनिस नागरिक हुन्।

भान्ताको पाहकिनारिन्नेमा भएको एउटा भीषण आगलागीमा परी एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार मृतकहरूमा सोमाली मूलका हुन्।

इता-उसिमा प्रहरीले बिहान ५:४१ बजे आगलागीको सूचना पाएको थियो। घटनामा ज्यान गुमाउनेहरूमा दुई जना बालबालिका समेत रहेका छन्।

विज्ञापन

भान्ताका सहायक मेयरलाई उद्धृत गर्दै YLE ले लेखे अनुसार मारिने बालबालिकामध्ये एक स्कुल जाने उमेरका र अर्का डे-केयर जाने उमेरका हुन्।

६ सदस्यीय उक्त परिवारमा एक शिशु भने जीवितै रहेको र अस्पतालमा उपचार भइरहेको इल्तालेहतीले लेखेको छ।

आगलागीपछि सो भवनबाट ५७ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

प्रहरीले यस घटनालाई नियोजित रूपमा लगाइएको आगलागी मानेर अनुसन्धान सुरु गरेको छ। यसै सिलसिलामा एक जना संदिग्ध व्यक्तिलाई पक्राउ समेत गरिएको छ।

घटनास्थलमा रहेका सञ्चारकर्मीहरूका अनुसार भवनको दोस्रो तलामा सबैभन्दा बढी क्षति पुगेको छ। आगोले दोस्रो तला पूर्ण रूपमा नष्ट भएको छ भने माथिल्ला तलाहरूमा पनि ठूलो क्षति पुगेको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

अहिले घटनास्थललाई प्रहरीले घेरा हालेर सर्वसाधारणका लागि बन्द गरेको छ। दुर्घटना अनुसन्धान केन्द्र (ओत्केस) ले पनि आगलागीको कारणबारे विस्तृत छानबिन थालेको छ।

फिनल्यान्डमा यति ठूलो मानवीय क्षति हुने गरी आवासीय भवनमा आगलागी हुनुलाई निकै गम्भीर र असामान्य घटनाका रूपमा लिइएको छ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप