0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    भान्तामा शुक्रवार चर्चित नेपाली चलचित्र ‘शाम्बाला’ देखाइने, प्रवेश निःशुल्क

    बर्लिन फेस्टिभलमा पुगेको नेपालको बहुचर्चित चलचित्र भान्तामा यही शुक्रवार नि:शुल्क प्रदर्शन हुँदै।

    .संक्षेपमा.


    • भान्तामा ‘शाम्बाला’ को नि:शुल्क प्रदर्शन।
    • नेपालको हालसम्मकै महँगो र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त फिल्म।
    • हिमालयी क्षेत्रमा श्रीमान खोज्ने पेमाको आध्यात्मिक यात्रा।

    चर्चित नेपाली चलचित्र ‘शाम्बाला’ फिनल्यान्डको भान्तामा निशुल्क प्रदर्शन हुने भएको छ। कल्चरल सेन्टर Mosaiikki र Kulttuuria Vantaalla को आयोजनामा यो चलचित्र देखाइन लागेको हो। उक्त चलचित्रको निर्देशन मिनबहादुर भामले गरेका हुन्।

    ‘शाम्बाला’ ले प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलमा ‘गोल्डेन बेयर’ पुरस्कारका लागि प्रतिस्पर्धा गरेर अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो। यो नेपालको हालसम्मकै सबैभन्दा महँगो लगानीमा बनेको चलचित्र हो।

    कार्यक्रम भान्ताको Vantaankoskentie 69, 01700 Vantaa मा आयोजना हुनेछ। आयोजकका अनुसार चलचित्र हेर्नका लागि कुनै शुल्क लाग्ने छैन।

    ‘शाम्बाला’ले फिनल्यान्डको साम्माती फिल्म फेस्टिभल (Sammatti Film Festival) मा गत ७ सेप्टेम्बरका दिन प्रिमियर पनि गरेको थियो। फेस्टिभलमा विशेष अतिथिको रूपमा सहभागी हुन निर्देशक मीनबहादुर भाम फिनल्यान्ड आएका थिए।

    कस्तो छ चलचित्र?

    सन् २०२४ मा निर्मित यो चलचित्र तिब्बती र नेपाली भाषामा छ। प्रदर्शनमा अंग्रेजी सबटाइटलहरू उपलब्ध हुनेछन्। १५० मिनेट लामो यो चलचित्र ७ वर्षभन्दा माथिकाले हेर्न सक्नेछन्।

    चलचित्रको कथा नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने पेमाको हो, जो बहुपति प्रथामा आधारित सम्बन्धमा हुन्छिन्।

    जब उनका श्रीमान् ताशी ल्हासाबाट फर्कदैनन्, पेमाको गर्भको बच्चाको बाबुलाई लिएर समुदायमा शंका उत्पन्न हुन्छ। आफ्नो निष्ठा प्रमाणित गर्न पेमा श्रीमानको खोजीमा निस्कन्छिन्।

    उनको यो यात्रामा उनका अर्का श्रीमान, भिक्षु कर्मा, पनि सामेल हुन्छन्। तर पेमाको लागि यो यात्रा श्रीमानको खोज मात्र नभएर आफ्नै आत्म-खोज र आध्यात्मिक स्वतन्त्रताको यात्रा बन्छ।

    ‘शाम्बाला’ ले परम्परा, समुदायको दबाब र व्यक्तिगत पहिचानको खोजी जस्ता गहिरो विषयहरूलाई हिमालयको मनमोहक दृश्यसँगै प्रस्तुत गर्छ।

    .कहाँ र कहिले?.


    मितिः १४ नोभेम्वर, बिहान ११ बजे, स्थानः Vantaankoskentie 69, 01700 Vantaa

    निर्देशक: मिन बहादुर भाम
    देश: नेपाल │ वर्ष: २०२४
    भाषा: तिब्बती, नेपाली
    सबटाईटलः अंग्रेजी
    समय: १५० मिनेट
    उमेर सीमा: ७ वर्ष माथि
    प्रवेश निशुल्क!


    को हुन् निर्देशक भाम?

    निर्देशक मिनबहादुर भाम थोरै तर अर्थपूर्ण चलचित्र बनाउने निर्देशकका रुपमा ख्याति कमाएका नेपाली चलचित्र निर्देशक हुन्। उनी नेपालको मुगु जिल्लामा जन्मेर त्यतै हुर्केका हुन्।

    यसअघि उनको लघु चलचित्र ‘बाँसुली’ (२०१२) भेनिस फिल्म फेस्टिभलमा पुग्ने पहिलो नेपाली चलचित्र बनेको थियो भने ‘कालो पोथी’ (२०१५) ले भेनिस क्रिटिक्स विकमा FEDEORA अवार्ड जित्दै नेपालबाट ओस्करका लागि आधिकारिक प्रवेश पाएको थियो।

    ‘शाम्बाला’ उनको दोस्रो फिचर फिल्म हो। बौद्ध दर्शन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका भामले हाल मानवशास्त्रमा विद्यावारिधि गर्दैछन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप