0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनिस-नेपाली समाजको भव्य कार्यक्रमः हेलसिन्कीमा गुञ्जियो देउसी-भैलो र पञ्चेबाजा

    फिनिस नेपाली समाजको आयोजनामा भएको कार्यक्रमले नेपालदेखि हजारौँ माइल टाढा परदेशी भूमिमा नेपाली संस्कृति, एकता र परम्पराको जीवन्त प्रदर्शन गर्‍यो।

    .संक्षेपमा.


    • फिनिस नेपाली समाजको दशैं-तिहार सांस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न।
    • फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य उपस्थिति।
    • अतिथी कलाकार, पञ्चेबाजा र भैलो प्रस्तुति मुख्य आकर्षण।

    फिनिस नेपाली समाजले आयोजना गरेको दसैँ–तिहार विशेष कार्यक्रम २०८२ हेलसिन्कीमा भव्यताका साथ सम्पन्न भएको छ।

    हिजो शनिवार साँझ ५ बजे सुरु भएर करिब चार घण्टा चलेको उक्त कार्यक्रममा अतिथि कलाकार लोक गायक सूर्य खड्काले प्रस्तुति दिएका थिए भने भैलो नाच, पञ्चेबाजा लगायतका मौलिक प्रस्तुतिहरू रहेका थिए।

    फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमले “परदेशमा पनि हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने सन्देशलाई सार्थक तुल्याउने प्रयास गरेको फिनिस-नेपाली समाजका सचिव सुरज भट्टराईले नेपालीलाइनेनलाई बताए।

    कार्यक्रममा भान्ता नगरपालिकाका नगर सदस्य शेखर आचार्य, समाजका सल्लाहकार नन्दनान्दन भट्टराई (नवीन), एनआरएनए फिनल्यान्डका उपाध्यक्ष विष्णु अर्याल, पशुपतिनाथ मन्दिर फिनल्यान्डका व्यवस्थापन समिति अध्यक्ष पुनाराम भण्डारी लगायतका अतिथिहरूको उपस्थिति थियो। नेपालबाट फिनल्यान्ड भ्रमणमा आएकाहरू पनि कार्यक्रममा सहभागी थिए।

    अतिथिहरूले आफ्नो शुभकामना मन्तव्यमा विदेशमा नेपाली संस्कृति संरक्षणमा समाजले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

    समाजका वरिष्ठ उपाध्यक्ष होम ब. कँडेल (हरि) ले स्वागत मन्तव्य दिँदै आफूहरू हजारौँ किलोमिटर टाढा भए पनि मन र माटो भने नेपालमै रहेको बताएका थिए।

    उनले दसैँ र तिहारजस्ता चाडहरू पहिचानका प्रतीक रहेको बताउँदै कार्यक्रममा उपस्थित सबैको अनुहारमा देखिएको मुस्कानले नेपालीपन जोगाउने आफूहरूको प्रयास सफल भएको महसुस भएको बताएका थिए।

    कार्यक्रमको समापनमा बोलेकी समाजकी अध्यक्ष रुक्मिणी भट्टराईले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्।

    “यो कार्यक्रम हाम्रा लागि मात्र होइन, फिनल्यान्डमा रहेका सम्पूर्ण नेपालीहरूका लागि गर्वको क्षण हो।” भट्टराईले भनिन्। “हाम्रो एकताको भावना नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो र यस्ता पर्वहरूले हाम्रो आत्मीय सम्बन्धलाई जोगाउने काम गर्दछन्।”

    कार्यक्रममा प्रस्तुत गरिएको परम्परागत भैलो नाचले नेपालको पश्चिम पहाडी भैलोकै झल्को दिएको थियो।

    मुख्य आकर्षणः अतिथी कलाकार, पञ्चेबाजा र भैलो प्रस्तुति

    कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूले माहौललाई उत्सवमय बनाएको थियो। अतिथि कलाकार लोक गायक सूर्य खड्काको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक रह्यो।

    स्थानीय कलाकारहरूको नृत्य, हास्य प्रस्तुति, परम्परागत भैलो र पञ्चेबाजाको धुनमा सहभागीहरू रमाएका थिए।

    कार्यक्रममा प्रस्तुत गरिएको परम्परागत भैलो नाचले नेपालको पश्चिम पहाडी भैलोकै झल्को दिएको थियो। नेपालमै जसरी नाङ्लोमा दियो, चामल, सेल र फिनी रोटी र पैसा राखेर दक्षिणा पनि दिइएको थियो।

    कार्यक्रममा सहभागी कलाकारहरूलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

    संस्थाले कार्यक्रम सफल पार्न सहयोग गर्ने स्वयंसेवकहरू, प्रायोजकहरू, र फुड पार्टनर ‘राभिन्तोला परिकार’ लाई विशेष धन्यवाद ज्ञापन गरेको छ।

    कार्यक्रमका केही तस्बिरहरू

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप